०८ असार २०८३, सोमबार

भारतमा आइफोन १४ को उत्पादन सुरु

असोज १२, २०७९
भारतमा आइफोन १४ को उत्पादन सुरु

अमेरिका चीनबीचको व्यापारिक खिचातानीबीच विश्वप्रसिद्ध प्रविधि कम्पनी एपलले भारतमा आईफोन १४ बनाउन थालिएको बताएको छ । चीनबाट आफ्नो आपूर्तिको सञ्जाल बाहिर लान खोजिरहेको समाचारबीच एपलले आईफोन १४ बनाउन थालेको हो ।

चीनमा लागु गरिएको ‘शून्य कोभिड’ नीतिका कारण व्यापक लकडाउन हुँदा महामारीका बेला व्यापार पनि नराम्ररी प्रभावित भएको कारण देखाउँदै एपलले आफ्नो नयाँ संस्करणहरूलाई विकेन्द्रित गर्न थालेको विश्लेषकहरूले अनुमान गरेका छन् । 

एपलले केही साताअघि आईफोनको नयाँ संस्करण बजारमा ल्याएको थियो । 

“नयाँ आईफोन १४ मा नवीनतम प्रविधिहरू र महत्वपूर्ण सुरक्षा क्षमता छन् । हामी भारतमा आईफोन १४ उत्पादन गर्न उत्साहित छौँ,” एपलले हालै जारी गरेको एक विज्ञप्तिमा भनिएको छ ।

ताइवानमा रहेको फक्सकन कम्पनीले एपलका अधिकांश फोनहरू निर्माण गर्दै आएको छ । उक्त कम्पनीले दक्षिण भारतको तमिलनाडुमा सन् २०१७ देखि आईफोनका पुराना संस्करणका बनाउँदै आएको र आईफोन १४ भारतमै बनाउन थालेको हो । 

salt training

कमेन्ट गर्नुहोस्