२० असार २०८३, शनिबार

दशैंको अवसरमा काठमाडौंमा ‘सकेण्ड ह्याण्ड’ कार किनबेच मेला, यस्ता गाडी छन् प्रदर्शनमा

दशैंको अवसरमा काठमाडौंमा ‘सकेण्ड ह्याण्ड’ कार किनबेच मेला, यस्ता गाडी छन् प्रदर्शनमा

अटो एक्स्पो दशैं कार मेलामा सेकेण्ड ह्याण्ड गाडी बेच्ने र किन्नेहरूको आकर्षण बढेको छ । बुधवारदेखि ‘क्यास अन ह्वील’ ले नेपालमा नै पहिलो पटक दशैंलक्षित अटो एक्स्पो शुरू गरेको हो । 

सेकेण्ड ह्याण्ड गाडी किन्न र बेच्न चाहने मानिसहरूले अटो एक्स्पो दशैं कार मेलामा गएर पुरानो गाडी बेच्ने र नयाँ गाडी खरिद गर्न पाउने सुविधासहित मेला आयोजना गरिएको आयोजकले जनाएको छ । आयोजकले नेपालमा पहिलो पटक गरिएकाे सेकेण्ड ह्याण्ड गाडी खरिद र बिक्री मेलामा ग्राहकहरूको आकर्षण बढिरहेको बताएको छ । 

क्यास अन ह्वीलका निर्देशक सुवास प्रधानले नेपालमा पहिलोपटक आफूसँग भएको गाडी बेच्न चाहनेहरूलाई एउटै छानामुनि ल्याउने प्रयासमा अटो एक्स्पो आयोजना गरिएको बताए । उनले मेलामा पुरानो गाडीको मूल्य तोकेर बेच्न चाहनेहरूले क्यास अन ह्वील र मेलामा बेच्नसक्ने बताए । उनले मेलाले सेकेण्ड ह्याण्ड गाडी बेच्न चाहने र किन्न चाहनेहरूलाई सहजीकरण गर्ने काम गर्ने बताए । प्रधानले मेलामा १०० वटा सेकेण्ड ह्याण्ड कारहरू बेच्नको लागि आएको बताए । 

त्यस्तै, क्यान अन ह्विलका अध्यक्ष मोहन भण्डारीले नेपालमा अटो एक्स्पोहरूमा नयाँ गाडी किन्ने तर पुरानो गाडी के गर्ने भन्ने समस्या बढ्दै गएकाले यो एक्स्पोले अन्योलतालाई चिर्ने बताए । उनले पुराना गाडी बेच्न ल्याउने र मूल्य निर्धारण गरेर पुरानो गाडी दिएर नयाँ गाडी लिएर जान पाउने सुविधा रहेको बताए । 

भण्डारीले नेपाली बजारमा अटो व्यवसाय क्षेत्रमा माग बढी रहेकाले यस्ता एक्स्पोहरू आवश्यक रहेको बताए । उनले पुरानो गाडी बेचेर नयाँ गाडी चढ्ने चाहनालाई क्यास अन ह्वीलले पूरा गर्ने पनि बताए । भण्डारीले मेलामा सेकेण्ड ह्याण्ड गाडी र नयाँ गाडीहरूको राम्रो बिक्री भइरहेको भन्दै मेलामा ग्राहकहरूको उल्लेख्य आकर्षण देखिएको बताए । 

मेला १४ गते शुक्रवारसम्म सञ्चालन हुनेछ । मेला बिहान १० बजेदेखि साँझ ६ बजेसम्म चल्नेछ । मेलामा प्रवेशका लागि कुनै शुल्क नलाग्ने आयोजकले जनाएको छ । शोमा २०० भन्दाबढी सेकेण्ड ह्याण्ड गाडीहरू प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन् भने सुजुकी, फोर्सको गुर्खा, क्रसफायर लगायत ब्राण्डका नयाँ सवारीसाधनहरू समेत प्रदर्शित छन् । गाडी किनबेच वा एक्सचेन्ज गर्न अहिलेको जमानामा थुप्रै विकल्प मध्ये क्यान अन ह्विल पनि एक माध्यम बनेको छ । 

यी हुन् एक्स्पाेमा राखिएका कारहरू

salt training

कमेन्ट गर्नुहोस्