३१ असार २०८३, बुधबार

तारकेश्वर गाउँपालिकामा एम्बुलेन्स सेवा सुरु

तारकेश्वर गाउँपालिकामा एम्बुलेन्स सेवा सुरु

नुवाकोटको तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले  चाड पर्वको समयमा पनि अत्यावश्यक आधारभूत स्वास्थ सेवा नियमित रुपमा उपलब्ध गराउन निर्देशन दिएका छन् । 

आज पालिकामा आयोजित दशै, तिहार एवम् छठकाे अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा नयाँ कर्मचारीहरुको स्वागत  कार्यक्रममा उनले जनशक्तिलाई आलोपालो खटाइ नियमित सेवा दिन निर्देशन दिएका हुन् ।

साथै आवश्यक औषधि कार्यालयमा सम्पर्क गरि लैजान पनि भनेका छन् । कुनै स्वास्थ वा अन्य समस्या भएमा कार्यालयको टाेल फ्री नम्बर १६६००१४५२२२ मा चौविसै घण्टा टिपाउन सक्ने छ। 
यस्तै पालिकाले आजैदेखि एम्बुलेन्स सेवा पनि सुरु गरेको छ । पालिकाले चालक नियुक्त गरि  सेवा सुरु गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्