×

NMB BANK
NIC ASIA

पर्वत अस्पतालमा डेंगु परीक्षण गर्न कीटको अभाव

असोज १४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

पर्वतमा दिन प्रतिदिन डेंगु संक्रमणका बिरामीको संख्या बढ्दै गएको छ । गत साउनदेखि  बिरामीको संख्या बढ्दै जाँदा पर्वत अस्पतालमा भने कीट अभाव भएको छ ।  

Muktinath Bank

अस्पतालमा कीट अभाव हुँदा डेंगुका लक्षण देखिएका बिरामी महँगो शुल्क तिरेर निजी अस्पताल तथा पोखरा र बागलुङ जान बाध्य भएका छन् । पर्वत अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा रुक्मिना अधिकारीले आफूहरूले नै खरिद गरेर ल्याएको दुई सय कीट परीक्षणको क्रममा सकिएकाले अहिले कीट नभएको बताइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘अस्पताल विकास समितिबाट निर्णय गराएर हामी आफैँले कीट खरिद गरेर परीक्षण गर्दै आएका थियौँ । हामीले ल्याएको दुई सय कीट सकिएपछि फेरि दुई सय कीट माग गरेका छौँ’, उनले भनिन्, ‘अन्य अस्पतालमा जुन दरमा डेंगुको परीक्षण भइरहेको छ त्यसरी नै सेवा दिने भनेर एक जनाको परीक्षणको रु आठ सय मात्र लिएका छौँ । माग गरेको कीट आएपछि परीक्षणमा समस्या हुँदैन ।’ कीट आइपुग्न अझै केही दिन लाग्ने उनले बताइन् । सरकारले निःशुल्क परीक्षण गर्ने डेंगु पर्वतका बिरामीले सरकारी अस्पतालमै पनि महँगो शुल्क तिरेर परीक्षण गर्न बाध्य भएका हुन् ।


Advertisment
Nabil box
Kumari

उनका अनुसार केही समय पहिलेसम्म अस्पताललाई आवश्यक परेका सामग्री प्रदेशबाट जिल्ला स्वास्थ्य कार्यालयलाई दिएर, स्वास्थ्य कार्यालयले जिल्ला अस्पतालसहित जिल्लाका अन्य ठाउँमा रहेका स्वास्थ्य संस्थालाई उपलब्ध गराउने गरेको थियो । तर, अहिले त्यो नियम परिवर्तन गरेर स्वास्थ्यले वितरण नगरी प्रदेश आपूर्तिले प्रदेश ल्याबलाई र प्रदेश ल्याबले जिल्लामा रहेका अस्पताललाई सामग्री उपलब्ध गराउने नियम छ ।

Vianet communication
Laxmi Bank

यही नियमका कारण स्वास्थ्य कार्यालयले अस्पताललाई परीक्षण कीट उपलब्ध गराउन नसक्ने स्वास्थ्य कार्यालय पर्वतका निमित्त कार्यालय प्रमुख सन्तोष पौडेलले जानकारी दिए । अहिले डेंगुको प्रभाव बढ्दै गइरहेको बेलामा नागरिकले पाउने स्वास्थ्यसम्बन्धी अधिकार सुनिश्चित हुनुपर्ने उनको भनाइ छ । स्वास्थ्य सामग्री स्वास्थ्य कार्यालयमा नआउने भएकाले माथिबाट आउँछ कि आउँदैन भनेर पर्खिएर बस्नुभन्दा जिल्लाका सबै स्थानीय तहहरूले नै नागरिकको आधारभूत स्वास्थ्यको जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ । 

परीक्षण कीट ठूलो परिमाणमा किन्नुपर्ने भएकाले प्रदेश स्वास्थ्य मन्त्रालयको आपूर्ति महाशाखा टेन्डरको प्रक्रियामा जानुपर्ने र यही बेलामा आर्थिक वर्ष परिवर्तनपछिको समय रहेकाले अलि अभाव रहेको कुरा आफूले बुझेको अस्पताल विकास समितिका अध्यक्ष शंकर गिरीले बताए । तर, माथिबाट कीट नआएको बहानामा बिरामीलाई निजी वा जिल्ला बाहिरका महँगा अस्पतालमा जान बाध्य नपार्नका लागि फरक शीर्षकको रकमबाट कीट ल्याएर भए पनि काम चलाइएको उनको भनाइ छ ।

जिल्ला अस्पतालले रु ८ सयमा डेंगुको परीक्षण गरिरहेको बेलामा बजारमा रहेका निजी स्वास्थ्य संस्थाले भने रु १ हजार २ सय वा त्यसभन्दा बढी रकम लिने गरेका छन् । एकै प्रकारको कीटबाट परीक्षण गरेको भए पनि मूल्य भने कम्तीमा पनि पर्वत अस्पतालको भन्दा रु चार सयभन्दा बढी लिने गरेको परीक्षणमा गएका बताउँछन् ।

सुपरिन्टेन्डेन्ट डा अधिकारीका अनुसार अहिलेसम्म अस्पताल परीक्षणमा आएकामध्ये ३५ मा डेंगुको संक्रमण पुष्टि भएको छ । निजी तथा जिल्लाका अन्य क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा भएको पुष्टिको तथ्यांक अस्पतालसँग नहुने भएकाले डेंगुका बिरामीको वास्तविक संख्या धेरै रहेको हुनसक्ने उनले बताए । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x