×

NMB BANK
NIC ASIA

दशैं पर्व

खुशी लिएर दशैं मनाउन फर्किए परदेशी, पुनर्मिलनले हर्षविभोर परिवार [भिडियोसहित]

असोज १५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालीहरूको महान चाड दशैं, तिहार र छठ डेढ महिनाकै बीचमा पर्ने ठूला चाड हुन् । यी चाडको महत्व स्वदेशमा बसेका नेपालीलाई जति हुन्छ त्यसभन्दा बढी विदेशमा रहेका नेपालीले हुने गर्दछ । विदेशमा बसेका नेपालीलाई दशैंको मुखमा छुट्टी मिलाएर आउन पाउनुको जति खुशी अरू हुँदैन । वर्षौंदेखि कामकाजको सिलसिलामा विदेशमा रहेका नेपाली दशैैंमा खुशी बोकेर आउने गरेको छन् । यो वर्षको दशैंमा पनि खुशी छोडेर जाने मात्रै नभएर आउनेको पनि लर्को उत्तिकै छ । शुक्रवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चाडबाडको मुखमा स्वदेश आइपुग्दा वैदेशिक रोजगारीमा विदेशिएका श्रमिकहरू खुसी देखिए । लामो समयपछि परिवारसँग बसेर चाड बनाउन पाउनुको खुसी उनीहरूको अनुहारमा प्रष्टै देखिन्थ्यो । 

Muktinath Bank

सर्लाहीका दिलकुमार कुशवाह मलेसियाबाट ४ वर्षपछि स्वदेश फर्किएका छन् । परिवारका सदस्यसहित दशैं मनाउन आएका कुशवाह आफूलाई अत्यन्तै खुशी लागेको बताउँछन् । उनलाई स्वागत गर्न श्रीमती र छोरी विमानस्थलमै पुगेका थिए । श्रीमती र छोरीसँग कुशवाह स्वदेश आइपुग्नु नै ठूलो खुशी भएको बताउँदै थिए । उनले भने ‘विदेशमा बसेर जतिबेला पनि कामकै चिन्ता हुने गथ्र्यो, दशैंको मुखमा स्वदेश फर्कन पाउँदा जति खुशी अरु कुनै लागेको छैन ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मलेसियाबाट ८ वर्षपछि फर्किएका हरिकृष्ण भण्डारीले पनि दशैंकै मुखमा स्वदेश फर्कन पाउँदा असाध्यै खुशी लागेको बताए । उनले भने ‘विदेशमा बसेर काम गर्दा नेपालमा घर परिवारको याद आइरहन्छ । आउँछु भनेर छुट्टी मिलाउन खोज्यो पाइँदै–पाइँदैन । बल्ल–बल्ल छुट्टी मिलाएर यसपालि आउन पाए ।’  महेन्द्रनगर घर भएका भण्डारी परिवार भेट्ने हतारोले विमानस्थलबाट सोझै घरतर्फ लागे ।


Advertisment
Nabil box
Kumari

जापानबाट ४ वर्षपछि फर्किएकी राजकुमारी शाही विमानस्थल झर्नेबित्तिकै खुशीले गद्गद् भइन । उनलाई स्वदेश आइपुग्नु नै खुशीको विषय बन्यो । दशैंको मुखमा परिवार भेट्न पाउनुले थप उत्साहसमेत दिलायो । आबुखैरेनी घर भएको शाहीले आफन्तसँगै दशैं मनाउने र डेढ महिनाको छुट्टीलाई भेटघाट र हासी–खुशीमै बिताएर फर्कने बताइन् ।

Vianet communication
Laxmi Bank

मलेसियामा ८ वर्ष काम गरेर स्वदेश फर्किएका भद्रवीर चौधरी विमानस्थलमा आइपुग्दा मातृभूमिको मायाले अत्यन्तै खुशी दिएको बताउँछन् । उनले भने ‘८ वर्षपछि स्वदेश फर्कदा लागेको खुशी शब्दमा व्यक्त नै गर्न सकिरहेको छैन ।’ २ महिनाको छुट्टीमा आएका चौधरीले यसपटक परिवारसँग बसेर मनाउन पाइने चाडबाडलाई निकै उत्साहका साथ हेरेका छन् ।  

संयुक्त अरब इमिरेट्स (यूएई)बाट १५ वर्षपछि दशैं मनाउन २ महिनाको बिदा मिलाएर आएका पोखराका बाबुराम विश्वकर्मा स्वदेश आउँदा खुशी छन् । तर, उनले ६ महिनादेखि गलामा लगाइरहेको ५४ ग्रामको सुनको सिक्रीले भने उनलाई तनाव दियो । विमानस्थल भन्सार कार्यालयले उनलाई भन्सार नतिरी उक्त सिक्री ल्याउन दिएन । काठमाडौं आएको ३ दिनपछि ४ ग्रामको भन्सार दिएर गएका विश्वकर्मा मजदुरलाई दुःख दिने नियत मात्रै सरकारको रहेको भन्दै गुनासो गर्दै थिए । 

धनकुटाका सन्तोष थापा पनि ७ वर्षपछि क्यानडाबाट दशैं मनाउनकै लागि स्वदेश आएका छन् । उनी स्वदेश आउन पाउनुमा जति खुशी थिए त्योभन्दा बढी तनाव उनलाई पनि विमानस्थल भन्सार कार्यालयले दियो । श्रीमती सुस्मिता अधिकारी र दुई छोरासहित स्वदेश आएका थापाले ३ वटा आइफोन ल्याएका रहेछन् । उनले प्रतिव्यक्ति एउटा फोन ल्याउन दिने भन्सारकै नियमविपरीत आफूहरूलाई भन्सार तिराएको विषयमा भने दुखेसो पोखे ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x