×

NMB BANK
NIC ASIA

कला

कला र मनोरञ्जन क्षेत्रमा जमेका ‘रियल लाइफ’का चर्चित जोडी, जसको चर्चा हुनेगर्छ !

असोज १६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

चलचित्र होस्, या सांगीतिक क्षेत्र । या रंगमञ्च नै किन नहोस् । समग्र कलाकारिता यस्तो क्षेत्र हो, जहाँ ‘रिल’ जोडीलाई दर्शक एवं स्रोताले रुचाउँछन् ।

Muktinath Bank

‘रिल’मा देखिएको, सुनिएको जोडीलाई ‘रियल’मा पनि संगै देख्ने, सुन्ने चाहाना धेरै दर्शक एवं स्रोतामा रहेको पाइन्छ । तर, वास्तविक जीवनमा भने त्यस्तो एकदमै कम देखिन्छ । यद्यपि, यस्ता केही कलाकार छन्, जसको जोडीलाई पर्दामा दर्शकले निकै रुचाए भने पछि उनीहरू वास्तविक जीवनमा पनि जोडी बन्न पुगे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्ता कलाकारहरूको संख्या कम भए पनि कलाकारिता क्षेत्रमा आबद्ध ‘कलाकार जोडी’हरू भने धेरै नै छन् । 


Advertisment
Nabil box
Kumari

पुरानो पुस्तादेखि नयाँ पुस्ताका थुप्रै कलाकारहरू छन्, जसको श्रीमान श्रीमती नै कलाकारिता क्षेत्रमा छन् । अभिनेता भुवन केसी र अभिनेत्री सुस्मिता केसी कुनै बेलाका रियल जोडी थिए ।

Vianet communication
Laxmi Bank

यद्यपि, अहिले यिनीहरू छुटिट्टएको धेरै वर्ष भैसकेको छ । यस्तै, गायिका कुन्ती मोक्तान र संगीतकार शिलाबहादुर मोक्तान चर्चित सांगीतिक जोडी हुन् । यता, लोकगायक बमबहादुर कार्की र गायिका शिवा आले कार्की, अभिनेता कृष्ण मल्ल र अभिनेत्री शर्मिला मल्ल, निर्माता सुनिलकुमार थापा र अभिनेत्री झरना थापा, अभिनेता अनुप बराल र अभिनेत्री दिया मास्के लगायतको जोडी एउटै क्षेत्रबाट नाम कमाएको जोडी हो ।

यिनीहरूको जोडीलाई कला क्षेत्रमा चर्चित जोडीका रूपमा लिइन्छ । यस्तै, हास्य कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरे, अभिनेता निखिल उप्रेती र अभिनेत्री सञ्चिता लुइँटेल, अभिनेता मुकेश ढकाल र मेलिना मानन्धर, गायक रामचन्द्र काफ्ले र गायिका जुनू रिजाल पनि वास्तविक जोडी हुन् । यिनीहरूको जोडी पनि कला क्षेत्रमा चर्चित जोडी मानिन्छ । गायिका सिन्धु मल्ल, राधिका हमाल, प्रीति आलेको जीवनसाथी पनि सांगीतिक क्षेत्रमै छन् ।

गुमनाम जीवन बाँचिरहेकी लोकदोहोरी गायिका विष्णु माझी र गीतकार एवं संगीतकार सुन्दरमणि अधिकारी चर्चित सांगीतिक जोडी हुन् । 

सुन्दरमणिको सिर्जनामा विष्णु माझीले थुप्रै गीत गाएकी छिन् । यता, विष्णुले स्वर दिएका थुप्रै गीतमा सुन्दरमणिले अभिनय गरेका छन् । 

विष्णु माझीको चर्चित तीज गीत ‘चरी जेलैमा’ सुन्दरमणिकै सिर्जना हो । 

यस्ता थुप्रै कलाकार जोडी छन्, जून जोडीलाई लिएर कलाकारिता क्षेत्रमा निकै चर्चा हुने गरेको छ । स्रोता एवं दर्शकहरूले पनि उनीहरूको जोडीलाई निकै रुचाउने गरेका छन् ।

उनीहरूले एकअर्कालाई साथ दिँदै जीवनसँगै काम र व्यवसाय पनि एकसाथ सँगसँगै अघि बढाइरहेका छन् । केही चर्चित कलाकार जोडीबारे यहाँ जानकारी दिइएको छ । 

निश्चल र स्वस्तिमाको चर्चित जोडी 

चलचित्र क्षेत्रमा निकै चर्चित मानिन्छ, निर्देशक एवं अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काको जोडीलाई । ‘होस्टेल रिटन्र्स’बाट चलचित्र क्षेत्रमा भित्रिएकी स्वस्तिमा र चर्चित चलचित्र ‘लुट’का निर्देशक निश्चल बस्नेतबीच विवाह भएको ६ वर्ष भैसकेको छ । 

केही समयको प्रेम सम्बन्धपछि निश्चल र स्वस्तिमा वैवाहिक सम्बन्धमा बाँधिएका थिए । वास्तविक जीवनका जोडी निश्चल र स्वस्तिमा थुप्रै म्युजिक भिडियोहरूमा समेत सँगै देखिएका छन् । 

युट्यु्बमा सर्वाधिक धेरै हेरिएको गीत ‘कुटुमा कुटु’ गीतमा निश्चल र स्वस्तिमा सँगै प्रस्तुत छन् । ‘नाच फिरिरि’, ‘तातो गोली’, ‘सुन बाटुली’ लगायतका गीत निश्चल र स्वस्तिमा अभिनित हिट गीतहरू हुन् । 

निश्चल र स्वस्तिमाले ‘घामड शेरे’ चलचित्रमा पनि सँगै सहकार्य गरेका छन् । चलचित्र क्षेत्रमा उनीहरूको जोडीलाई निकै सफल र उदाहरणीय जोडीका रूपमा हेरिन्छ । 

प्रियंका र आयुष्मानको जोडी

चलचित्र क्षेत्रको अर्को चर्चित जोडी हो, प्रियंका कार्की र आयुष्मान देशराज जोशीको । यी दुईले २०७६ सालको फागुनमा धुमधामसहित विवाह गरेका हुन् । चलचित्र क्षेत्रकी बोल्ड एवं सफल अभिनेत्रीको छवि बनाएकी प्रियंका र अभिनेता आयुष्मानबीच प्रेम विवाह भएको हो । 

केही वर्षको प्रेम सम्बन्धपछि प्रियंकाले आफूभन्दा कान्छा आयुष्मानसँग दोस्रो विवाह गरेकी थिइन् । यी दुईले ‘कथा काठमाण्डू’, ‘प्रेम दिवस’, ‘चंगा चेट’ लगायतका चलचित्रमा सँगै अभिनय गरेका छन् । उनीहरू म्युजिक भिडियो लगायत विज्ञापनमा समेत एकसाथ देखिएका छन् ।

यतिबेला भने उनीहरू एक छोरीको बाबुआमा बनिसकेका छन् । उनीहरूको छोरी आयन्का कार्की एक वर्षकी भइसकेकी छिन् । आमा बनेपछि प्रियंका चलचित्र अभिनयमा फर्किसकेकी छिन् । 

उनले गत भदौमा आएको चलचित्र ‘राधा’को एक गीतमा नृत्य गरेकी थिइन् । आयुष्मान भने पछिल्लो समय चलचित्रमा देखिएका छैनन् । 

विवाहको तयारीमा रहेका सौगात–सृष्टिको जोडी

चलचित्र क्षेत्रको पछिल्लो चर्चित रियल प्रेम जोडी हो, अभिनेता सौगात मल्ल र पूर्व मिस नेपालसमेत रहेकी अभिनेत्री सृष्टि श्रेष्ठको जोडी । 

यो पाँच वर्षदेखि रिलेसनसिपमा रहेको यो जोडी छिट्टै वैवाहिक सम्बन्धमा बाँधिने तयारीमा छ । सौगात र सृष्टि पछिल्लो समय फिल्ममा समेत सँगै देखिने गरेका छन् । उनीहरूले ‘पोइ पर्‍यो काले’, ‘माइकल अधिकारी’, ‘राधा’ लगायतका चलचित्रमा सँगै काम गरेका छन् । 

वर्षा र संजोगको जोडी

अभिनेत्री वर्षा राउत र व्यवसायीसमेत रहेका अभिनेता संजोग कोइरालाको जोडी चलचित्र क्षेत्रमा चर्चित जोडी मानिन्छ । यी दुईले ७ वर्ष लामो प्रेम सम्बन्धलाई चार वर्षअघि विवाहमा परिणत गरेका थिए ।

प्रेममा हुँदा पनि यी दुईले सार्वजनिक रूपमै आफूहरूको सम्बन्धलाई स्वीकार गर्दै आएका थिए । संजोगले ‘उत्सव’, ‘बाजीगर’, ‘कथा काठमाडौं’ लगायतका चलचित्रमा अभिनय गरेका छन् । 

वर्षा भने चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री हुन् । उनको नयाँ चलचित्र ‘के घर के डेरा’ कात्तिक ४ गतेदेखि प्रदर्शनमा आउँदैछ । अन्य चलचित्रहरू पनि प्रदर्शनको तयारीमा छन् । वर्षा र संजोगले बेलाबेलामा युट्युबमा पोष्ट गर्ने भ्लगहरूलाई समेत दर्शकहरूले निकै रुचाउँदै आएका छन् । 

यसै वर्ष विवाह गरेका नीता र हरिहर

अभिनेत्री नीता ढुंगाना र चर्चित युवा ज्योतिषि एवं अभिनेता हरिहर अधिकारी यसैवर्षको असारमा वैवाहिक सम्बन्धमा बाँधिएका हुन् । उनीहरू त्यसअघि विगत चार वर्षदेखि प्रेम सम्बन्ध थिए । यद्यपि, सार्वजनिक रूपमा भने प्रेम सम्बन्धलाई स्वीकार गरेका थिएनन् । अन्ततः प्रेमसम्बन्धलाई उनीहरूले दाम्पत्य जीवनमा परिणत गरेका हुन् । 

बालकलाकारको रूपमा केही चलचित्रमा काम गरेकी नीताले अभिनेत्रीका रूपमा थुप्रै चलचित्रमा अभिनय गरेकी छिन् । हरिहरले भने चार वर्षअघि प्रदर्शनमा आएको ‘शुभलभ’बाट चलचित्र क्षेत्रमा डेब्यू गरेका थिए । 

त्यसयता भने उनी अन्य चलचित्रमा देखिएका छैनन् । यतिबेला नीता र हरिहर मिलेर ‘ह्रस्वदीर्घ’ चलचित्र निर्माणको तयारीमा छन् । यो चलचित्रलाई उनीहरूले आफ्नो स्वप्न प्रोजेक्ट बताउँदै आएका छन् । 

लक्ष्मी र जीवनको जोडी

कलाकारिता क्षेत्रको चर्चित जोडी हो, लक्ष्मी बर्देवा र जीवन भट्टराईको जोडी । रंगमञ्चबाट उदाएका उनीहरू चलचित्र एवं म्युजिक भिडियोमा समेत उत्तिकै व्यस्त रहँदै आएका छन् । 

चार वर्षको प्रेम सम्बन्धलाई उनीहरूले २०७४ को फागुनमा विवाहमा परिणत गरेका थिए । उनीहरूको अन्तरजातीय विवाहलाई परिवारले अहिलेसम्म स्वीकारेका छैनन्, यद्यपि उनीहरूको सुन्दर जोडीलाई दर्शक एवं कला क्षेत्रले निकै मन पराउँदै आएको छ । 

लक्ष्मी र जीवनले थुप्रै म्युजिक भिडियो एवं चलचित्रमा समेत एकसाथ अभिनय गरेका छन् । दुवैको अभिनय रहेको चलचित्र ‘प्रेम गीत ३’ यतिबेला प्रदर्शनरत छ । उनीहरूले सँगै म्युजिक भिडियोमा अभिनय गर्नेदेखि निर्देशन समेत गर्दै आएका छन् । 

यी दुईले सँगसँगै अभिनय गरेको ‘जेल पनि सहुँला’, ‘भन साइँला’जस्ता गीतहरू निकै चर्चित छन् । 

संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेलको जोडी

सफल सांगीतिक जोडी मानिन्छ, संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेलको जोडी । उनीहरूले २०७७ को असारमा प्रेमविवाह गरेका हुन् । 

संगीत विद्यालयमा काम गर्दा उनीहरूबीच प्रेम मौलाउँदै गएको थियो ।  केही वर्षको प्रेम सम्बन्धपछि विवाह गरेका उनीहरू दुवै सांगीतिक क्षेत्रमा सफल मानिन्छन् । अर्जुन त नेपाली चलचित्र क्षेत्रका पछिल्लो समयका सर्वाधिक चर्चित संगीतकार मानिन्छन् । 

उनका दर्जनौं गीतहरू करोड क्लबमा प्रवेश गरेका छन् ।  यता, दुर्गाका पनि थुप्रै गीतहरू सफल छन् । यी दुवै एकअर्काको काममा साथ दिएर सांगीतिक क्षेत्रमा अघि बढिरहेका छन् । 

देवी घर्ती र राजु ढकालको जोडी

लोकदोहोरीतिरको चर्चित सांगीतिक जोडी हो, देवी घर्ती र राजु ढकालको । देवी र राजु वैवाहिक जीवनमा बाँधिएको भने झण्डै १३ वर्ष भैसकेको छ । १४ वर्षअघि २०६५ सालमा देवी र राजु ढकालबीच प्रेम विवाह भएको थियो । त्यतिबेला देवी सांगीतिक क्षेत्रमा स्थापित हुँदै थिइन्, भने राजु लाइभ दोहोरीमा सक्रिय थिए । 

देवीका थुप्रै लोकदोहोरी गीतहरू हिट भए भने राजुका गीतहरूले पनि स्रोताको मन जितेका छन् । लोकदोहोरी क्षेत्रमा देवी र राजुको जोडीलाई उदाहरणीय जोडीका रूपमा लिइन्छ । 

देवी र राजुले एक दर्जन बढी गीतमा सँगै सहकार्य पनि गरेका छन् । उनीहरूको एक ९ वर्षीय छोरा छन् । उनीहरूले सांगीतिक क्षेत्रसँगै काठमाडौं सामाखुशीमा रेस्टुरेन्ट व्यवसाय समेत सञ्चालन गर्दै आएका छन् । 

कमल र मेलिनाकाे आइतवार नै विवाह

गायक कमल खत्री र गायिका मेलिना मैनालीले आइतवार मात्रै विवाह गरेका छन् । उनीहरूले गत भदौमा ‘इन्गेजमेन्ट’ गरेका थिए ।

पछिल्लो समय सांगीतिक क्षेत्रमा कमल र मेलिनाको जोडीलाई पनि चर्चित जोडीका रुपमा लिइन्छ ।

‘आत्मामा’बोलको गीतबाट चर्चामा आएका कमलका थुप्रै गीत चर्चित छन् । उनी सांगीतिक क्षेत्रका चर्चित गायक एवं संगीतकार हुन् । 

मेलिना मैनाली भने उदीयमान गायिका हुन् । उनका पनि केही गीतहरू चर्चित छन् । कमल र मेलिनाले सहकार्य गरेका ‘फिक्का फिक्का’, ‘म गीत हुँ तिम्रो २’ लगायतका गीतहरू चर्चित छन् ।

यी दुईले म्युजिक भिडियोमा समेत सँगै अभिनय गरेका छन् । गीतमा सहकार्य गर्ने क्रममै उनीहरू नजिक भएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x