०६ साउन २०८३, बुधबार

एकै दिन ८८ हजारभन्दा बढीले लगाए कोभिडविरुद्धको खोप

एकै दिन ८८ हजारभन्दा बढीले लगाए कोभिडविरुद्धको खोप

पछिल्लो २४ घण्टामा  देशभर ८८ हजार ६६६ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । देशभर पछिल्लो २४ घण्टामा थप ४५ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । सो अवधिमा २ हजार २२२ जनाको नमूना परीक्षण गरिएको थियो । ५७९ जनाले पीसीआर र १ हजार ६४३ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

आज २९ जना कोरोना भाइरस संक्रमणबाट मुक्त भएका छन् । यससँगै संक्रमण मुक्त हुनेको संख्या ९ लाख ८७ हजार ३५३ पुगेको छ । संक्रमण मुक्त हुने दर ९८ दशमलव ७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल सक्रिय संक्रमितको संख्या ५७५ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार १८ पुगेको छ । 

हालसम्म ७६ जिल्लामा डेंगु फैलिसकेको मन्त्रालयले जनाएको छ । साउनदेखि यता ३३ हजार ९७५ सम्भावित डेंगु रोगी भेटिएको र यो रोगका कारण हालसम्म ४४ को मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्