२३ असार २०८३, मंगलबार

सिद्धार्थ क्यापिटलको १० औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

सिद्धार्थ क्यापिटलको १० औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

सिद्धार्थ क्यापिटल लिमिटेडले असोज १३ गते आफ्नो १०औं वार्षिकोत्सव भव्यतापूर्वक मनाएको छ । 

कार्यक्रममा विशिष्ट अतिथिहरूका साथै कम्पनीसँग सम्बन्धित विभिन्न सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

सो कार्यक्रम, नेपाल धितोपत्र बोर्डका अध्यक्ष श्री रमेशकुमार  हमालज्यू र सिद्धार्थ क्यापिटल लिमिटेडका अध्यक्ष मोहित  केडियाले संयुक्त रुपमा उद्घाटन गरेका थिए । 

नेपाल धितोपत्र बोर्डका अध्यक्ष हमालले  सिद्धार्थ क्यापिटल लिमिटेडलाई १० वर्षको सेवा पूरा गरेकोमा बधाई दिनुभयो भने सिद्धार्थ क्यापिटलका अध्यक्ष केडियाले  कम्पनीका सबै कर्मचारी, ग्राहक र अन्य सरोकारवालाहरुलाई धन्यवाद दिँदै आगामी दिनमा अझै राम्रो गर्ने विश्वास व्यक्त गरे । 

उक्त कार्यक्रममा सिद्धार्थ क्यापिटलको १० वर्षको यात्रा प्रस्तुत गरिनुका साथै १० औं वार्षिकोत्सवको अवसरमा नयाँ स्मृति चिन्ह पनि विमोचन गरिएको थियो ।

साथै १० औं वार्षिकोत्सवको अवसरमा कम्पनीले विभिन्न आकर्षक योजनाहरू पनि घोषणा गरेको छ । १० जना व्यक्तिहरुलाई हितग्राही खाता मा १० वर्षको वार्षिक शुल्क मिनाहा गर्ने, सिद्धार्थ एसआईपीमा सहभागी हुने ५० भाग्यशालीलाई सिद्धार्थ व्यवस्थित लगानी योजनाका १०० ओटा इकाइहरू प्रदान गर्ने  र लगानी व्यवस्थापन सेवा प्राप्त गर्नेे ग्राहकहरूलाई ५०% वार्षिक शुल्क मिनाहा गर्ने जस्ता ग्राहक लक्षित योजनाहरू कम्पनीले घोषणा गरेको छ । 

त्यस्तै कम्पनीले स्नाक्तकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी अनुसन्धान मुलक लेखन प्रतियोगिता पनि आयोजना गर्ने घोषणा गरेको छ । 

आफ्नो व्यावसायिक यात्रा १० वर्ष पुगेको अवसरमा उक्त कार्यक्रम भन्दा अघि कम्पनीले कर्मचारी संलग्नतामा विभिन्न कार्यक्रमहरू, वृक्षारोपण र रक्तदान लगायतका सामाजिक उत्तरदायीत्व सम्बन्धी गतिविधिहरू सञ्चालन गरेको जानकारी दिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्