२३ असार २०८३, मंगलबार

नेप्से परिसूचक ११.३२ अंकले वृद्धि

नेप्से परिसूचक ११.३२ अंकले वृद्धि

पछिल्ला दुई दिन गिरावट भएको नेप्से परिसूचक बुधवार सामान्य अंकले बढेको छ । बुधवार नेप्से परिसूचक ११.३२ अंक बढेर १८६६.४८ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.४८ अंक, फ्लोट इण्डेक्स ०.८१ अंकले र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०३ अंकले बढेको छ ।

बुधवार कारोबारमा आएका २२३ कम्पनीको २० लाख ८५ हजार कित्ता शेयर ६९ करोड १७ लाख ३७ हजार रुपैयाँ बराबरको खरिद–बिक्री भएको छ । मंगलवारको तुलनामा बुधवार कारोबार रकममा पनि सामान्य सुधार भएको छ । 

बुधवार नेप्सेका १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ । जसमा  वित्त उपसमूहको परिसूचक २.६७ प्रतिशत बढेको छ । त्यसैगरी, विकास बैंक उपसमूहको परिसूचक २.०९ प्रतिशत बढेको छ । 

बुधवार अभियान लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, महुली लघुवित्त वित्तीय संस्था र प्रोग्रेशिभ फाइनान्सको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ भने एभरेष्ट बैंकको ऋणपत्रको मुल्य ९.८३ प्रतिशत घटेको छ । बुधवार नबिल बैंकको २ करोड ४० लाख रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्