०८ असार २०८३, सोमबार

२३ वर्ष पुग्यो भायानेट कम्युनिकेसन

२३ वर्ष पुग्यो भायानेट कम्युनिकेसन

नेपालको सबैभन्दा ठूलो इन्टरनेट र टिभी सेवा प्रदायक मध्य एक भायानेट कम्युनिकेसन्सले आफ्नो सञ्चालनको २३ वर्ष पूरा गरेको छ ।

भायानेट उत्कृष्ट डिजिटल सेवाहरू मार्फत ग्राहकहरूलाई सेवा दिने उद्देश्यका साथ सन् १९९९ मा स्थापित भएको थियो ।

यो अवधिमा कम्पनी भरपर्दो ब्रोडब्यान्ड इन्टरनेट र उत्कृष्ट आईपिटिभी सेवाहरूमा इनोभेटिभ कम्पनीको रुपमा स्थापित भएको छ ।

सन् २०११ मा भायानेट नेपालमै पहिलो पटक फाइबर अप्टिक्स टेक्नोलोजीको सुरुवात गर्ने कम्पनी बन्यो ।

यसरी भायानेट कुनै पनि स्यरिङ रेसियो बिना डेडीकेटेड इन्टरनेट मार्फत द्रुत गतिको इन्टरनेट प्रदान गर्ने कम्पनी पनि बन्यो ।

त्यसैगरी सन् २०१६ मा भायानेट आइपीटीभी सेवाहरू प्रस्तुत गर्ने पहिलो कम्पनी मध्य एक बनी नेपाली ग्राहकहरूको टिभी हेर्ने अनुभवलाई परिष्कृत बनाउन सघायो ।

आजको दिनमा कम्पनीले सेवाको निरन्तर अपग्रेड गर्नाका साथै थप ग्राहकहरू माझ आफ्नो गुणस्तरीय सेवा विस्तार गरिरहेको छ ।

भायानेटले आफ्नो अल्ट्रा-फाई इन्टरनेट लाइनअपहरू मार्फत बजारमा उपलब्ध इन्टरनेटका सबै भन्दा राम्रो विकल्पको रुपमा लाखौं ग्राहकलाई सेवा दिँदै आइरहेको  कम्पनीले जनाएको छ ।

भायानेटको अर्को उत्कृष्ट उत्पादन भाया टिभीले सस्तो दरमा १७५+ टिभी च्यानलहरू उपलब्ध गराउँदै आएको छ। कम्पनीले भर्खरै भाया टिभीलाई भाया टिभी २.o  मा अपग्रेड गरी अलग-अलग दर्शक प्रोफाइलहरू, पिक्चर-इन-पिक्चर मोड, पे-पर-भिउ लगायतका आधुनिक फिचरहरू ल्याएको कम्पनीले जनाएको छ ।

२३ औं वार्षिकोत्सवको अवसरमा कम्पनीले आफ्ना सम्पूर्ण ग्राहक, कर्मचारी र अन्य सरोकारवालाहरूलाई धन्यवाद दिएको एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्