
रियल मडिडका फरवार्ड करिम बेन्जिमाले विश्व प्रसिद्ध बालोन डि ओरको अवार्ड प्राप्त गरेका छन् ।
गत सिजन गरेको प्रर्दशनका आधारमा फ्रान्सेली खेलाडी बेन्जिमाले बालोन डि ओरको अवार्ड हात पारेका हुन् ।
उनी पहिलो पटक विश्वको उत्कृष्ट वर्ष खेलाडी चुनिएका छन् ।
बेन्जिमाको ४६ खेलमा ४४ गोलको सहयोगमा रियल मड्रिडले च्याम्पियन्स लिग र ला लिगाको उपाधि हात पारेको थियो ।
लियोनल मेस्सीले ७ र क्रिस्टियानो रोनाल्डाले ५ पटक यस अवार्ड हात पारेका छन् ।