२१ असार २०८३, आइतबार

इष्टर्न हाइड्रोमा आवेदन दिने समय थप

कात्तिक १, २०७९
इष्टर्न हाइड्रोमा आवेदन दिने समय थप

 इष्टर्न हाइड्रोपावर लिमिटेडले असोज २८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिन म्याद थप गरेको छ।

कात्तिक १ गते अर्थात आजसम्म निष्काशन गरिएको सो आईपीओमा अब भोलि (कात्तिक २ गते) सम्म आवेदन दिन सकिने भएको छ।

नेपाल सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा आज सार्वजनिक बिदा दिएका कारण आवेदन दिने मिति एक दिनका लागि थप गरिएको कम्पनीले बताएको छ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ६ लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्काशन गरेकोमा बाँकी रहेको ५० हजार ३१० कित्ता शयर सहित गरी ६ लाख ७० हजार ३१० कित्ता शेयर निष्काशन गरेको हो। 

सोमध्ये ५ प्रतिशत अर्थात ३३ हजार ५१५ कित्ता शेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ भने २ प्रतिशत अर्थात १३ हजार ४०६ कित्ता शेयर कर्मचारीहरूका लागि छुट्याइएको छ। 

सर्वसाधारणले बाँकी ६ लाख २३ हजार ३८९ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपाले कम्पनीलाई केयर एनपी बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरू तथा मेरो शेयर वेब तथा एपबाट आवेदन दिन सक्नेछन्।


 

salt training

कमेन्ट गर्नुहोस्