२९ असार २०८३, सोमबार

जब टिकटकबारेको कमेडीले रचनाको चित्त दुख्यो...

कात्तिक १, २०७९
जब टिकटकबारेको कमेडीले रचनाको चित्त दुख्यो...

कात्तिक ११ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘महापुरुष’ले मोफसल भ्रमण सकेर राजधानी फर्किएको छ । देशका प्रमुख शहरहरूमा पुगेर निर्माण टिमले विभिन्न प्रस्तुति दिँदै चलचित्रबारे प्रचारप्रसार गरेको थियो । 

मोफसल टुरमा चलचित्रको टिमबाहेक कमेडियन सुमन कार्की, गायक निशान भट्टराई, गायिका रचना रिमाल, कमेडियन विकास अर्याललगायत सहभागी थिए । निर्माण टिमले सोमवार पोखरामा कार्यक्रम गरेको थियो । जहाँ गायिका रचना रिमाल आफ्नो प्रस्तुतिपछि भावुक हुँदै स्टेजबाट बाहिरिएकी छन् । जून भिडियो युट्युब एवं टिकटकमा समेत भेट्न सकिन्छ । यसपछाडिको कारण थियो, उनीलक्षित कमेडी । 

कमेडियन विकास अर्यालले आफ्नो प्रस्तुति दिने क्रममा टिकटक चलाउने र टिकटकमा लाइभ बस्नेहरुको इज्जत नै नहुने भन्ने खालको हास्यव्यंग्य रचनालाई लक्षित गर्दै प्रस्तुत गरेका थिए । रचनाले स्टेजमा आफ्नो प्रस्तुति दिएपछि विकासको कमेडी बारे प्रतिक्रिया दिएकी थिइन् । उनले भनिन्, ‘अघि मलाई कसले के भन्नुभयो, टिकटक चलाउँदैमा इज्जत चाहिँ जाँदैन है ! उहाँको नाम पनि मलाई थाहा छैन । तर, त्यो चाहिँ उहाँले अलि नराम्रै भनेजस्तो लाग्यो ।’ भावुक हुँदै रचनाले थपिन्, ‘आई एम सरी है त्यसका लागि ।’ रचना स्टेजबाट आँशु पुछ्दै बाहिर निस्किइन् । 

त्यसपश्चात कमेडियन विकास अर्यालले स्टेजमार्फत माफी मागेका थिए । कमेडीको विधामा रोस्ट चलिरहेको बताउँदै रचनाको चित्त दुखाउनु आफ्नो उद्धेश्य नभएको विकासको भनाइ थियो । 

स्टेजमा रहेका अभिनेता राजाराम पौडेलले आफू पनि कुनै समय टिकटकमा लाइभ आउने गरेको बताउँदै भने, ‘त्यतिबेला एक÷दुई जनाले यो पनि पैसा माग्न आयो भन्न थाले । मलाई लाज लाग्यो, लाइभ बस्न छाडेँ ।’ टिकटकमा लाइभ आउनेबित्तिकै पैसा कमाउने मात्रै भन्ने भ्रम रहेको बताउँदै भने, ‘त्यसो होइन । त्यही टिकटकबाट कति जना कलाकारहरूको उदय भएको छ । कति जनाले राम्रो राम्रो प्रस्तुति गर्नुभएको छ । टिकटकमा लाइभ बस्दैमा माग्न बसेको भन्ने हुँदैन । त्यहाँ मनोरञ्जन हुन्छ । ज्ञानबद्र्धकका कुराह  हुन्छ । लाइभ बस्दैमा माग्न मात्रै बस्यो भन्ने भ्रम हटाइदिनुहोस् ।’

salt training

कमेन्ट गर्नुहोस्