असोज २७, २०७९
थापाथलीको ट्राफिक जाममा रोकिएका बेला कलंकी जाने शुभकामना यातायातको एउटा मिनी बसमा मेरो नजर पर्यो । एकजना महिला ढोकामा उभिएर सानो आवाजमा त्रिपुरेश्वर, कालिमाटी, कलंकी भनेर यात्रु बोलाउँदै थिइन् । ...
काठमाडाैं | कात्तिक ४, २०७९
काठमाडौंको केन्द्रमा रहेको सुन्धारा, रत्नपार्क, जमल आसपासका क्षेत्रमा हिजोआज एक युवक चुनावी सचेतना जगाउन नयाँ शैलीको अभियानमा भेटिन्छन् ।
'भोटको सही सदुपयोग गर्नुहोला धन्यवाद' लेखिएको कागजको टोपी उनको शीरमा हुन्छ, अनि शरीरमा त्यस्तै सन्देश लेखिएका पोशाक ।
केही दिनअघि शहीदगेटमा उनी यस्तै पहिरनमा भेटिए ।
उनले साइडमा भिरेको स्पिकरमा 'हाम्रालाई होइन, राम्रालाई रोजौं' भन्ने गीत घन्किरहेको थियो ।
उनी त्यहाँ भेटिएका पैदलयात्रीसँग कुरा पनि गर्दै थिए ।
सबैलाई उनको एउटै सन्देश हुन्थ्यो, 'भोटको सही सदुपयोग गर्नुहोला, नत्र ५ वर्ष दु:ख पाउनुहुनेछ ।'
एकछिन यो दृश्य हेरेपछि नजिक पुगेर सोधें– 'के को प्रचार गरिरहनुभएको ?'
प्रश्न भुइँमा खस्न नपाउँदै उनले जवाफ दिए- 'प्रचार होइन, जनतालाई भोटसम्बन्धी सचेतना जगाएको ।'
***
नाम रतन शाह । उमेर २४ वर्ष । घर डडेल्धुरा । उनलाई सामाजिक कार्य गर्न मन पर्दोरहेछ।
कोरोनाकालदेखि नै सचेतना जगाउने कार्यक्रम गर्दै आएको उनले बताए ।
चुनावी सचेतना अभियानको बारेमा प्रस्ट्याउँदै उनले भने- 'जनता जागरुक होऊन् भन्ने हो । राम्रो व्यक्तिलाई भोट दिए राम्रो सिस्टम बस्छ, गलतलाई भोट दिए पाँच वर्ष खेर जानेछ । मेरो उद्देश्य राम्रा व्यक्ति आऊन् भन्ने नै हो ।'
काठमाडौं मात्र होइन, मुलुकका अन्य मुख्य शहरमा पनि पुगेर सचेतना फैलाएको उनले बताए ।
'उपत्यकाबाहिर धनगढी, पोखरा, बुटवल, डडेल्धुरा धेरैजसो बजार क्षेत्रका महोत्सवमा गएर सचेतना कार्यक्रम गरिसकेको छु,' उनले भने ।
देशभित्र जता पुगे पनि मान्छेहरूको एउटा प्रश्नले उनलाई आजित बनाउँदो रहेछ ।
'के तपाईंलाई कसैले प्रचार गर्न पठाएको हो ? भन्ने प्रश्नले आजित भइसकें,' उनले लोकान्तरसँग भने, 'मैले सचेतना मात्र जगाउने हो। म आफ्नै खर्चले यताउता दौडिँदैछु । म कसैको मान्छे होइन भन्ने जवाफ दिने गरेको छु ।'
मासुभातमा बिकेर गलत व्यक्तिलाई भोट नहाल्न उनको आग्रह छ ।
'जनताले मासुभातमा बिकेर गलत व्यक्तिलाई भोट हाल्छन् । जितेर गएपछि ५ वर्ष नै उनीहरूले देशलाई भड्खालोमा हाल्छन्,' उनले भने ।
खर्च गरेर चुनाव जित्नेहरूले त्यही खर्च असुल्न भ्रष्टाचार गर्ने उनको तर्क छ ।
'मैले यसरी सचेतना जगाउँदा केही त परिवर्तन होला नि, मेरो यो प्रयासले समाजमा थोरै भए पनि सकारात्मक प्रभाव पार्ला नि,' उनले आशावादी हुँदै भने, 'राम्रो व्यक्ति देश बनाउने ठाउँमा पुगुन् भन्ने अपेक्षा छ ।'
हेर्नुहोस्,भिडियो :
थापाथलीको ट्राफिक जाममा रोकिएका बेला कलंकी जाने शुभकामना यातायातको एउटा मिनी बसमा मेरो नजर पर्यो । एकजना महिला ढोकामा उभिएर सानो आवाजमा त्रिपुरेश्वर, कालिमाटी, कलंकी भनेर यात्रु बोलाउँदै थिइन् । ...
ध्यान भन्नेबित्तिकै आममानिसको बुझाइ छ, यो केही लामो समयको हुन्छ । तर, ललितपुर निवासी डा. विजय बज्राचार्यले मानिसहरूलाई जम्मा ३ मिनेटमा गर्न सकिने ध्यान सिकाउँदै आएका छन् । शान्ति वन अभियान ‘द व...
महेन्द्र सुवेदीले ३० वर्षअघि काठमाडौंमा रोजगारी खोज्ने सिलसिलामा नर्सरी पेशा अँगाले । विक्रम संवत् २०५० सालको कुरा हो । भर्खरै एसएलसी पास गरेर भोजपुरबाट काठमाडौं आएका बेला भिनाजुको भाइमार्फत नर्सरी पेशामा...
अर्घाखाँचीको छत्रदेव गाउँपालिका ठूलापोखराका कृष्णप्रसाद पौडेल ६९ वर्षका भए । उनको तौल जम्मा १२ केजी रहेको छ । अर्घाखाँची जिल्लामा उनी शिक्षासेवी र प्रेरक व्यक्तित्वको रूपमा परिचित छन् । विक्रम संवत् २०११ सालमा ...
सडकमा सानो व्यवसाय गरेर जीविका चलाइरहेका गरीब र सर्वसाधारणमाथि काठमाडौं महानगरले गरिरहेको दमन र अत्याचारले गर्दा गरीबको उठिबास लागेको छ । फूटपाथ खाली गर्ने नाममा महानगरले विकल्प नदिई सानो लगानीका...
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्ष ८ महिनाअघि (२०७८ वैशाख १२ मा) निकै तामझामका साथ उद्घाटन गरेको धरहरा निर्माण कार्य पूरा हुने सुरसार देखिँदैन भने सञ्चालनमा आउने मिति अनिश्चित छ । धरहराको स्तम्भ...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...