
नबिल बैंकले ‘नबिल फोन लोन’को न्यूनतम सीमा र आफ्नो डिजिटल फाइनान्सिङ प्रडक्टको दायरा बढाएको छ ।
यसअघि नबिल फोन लोनको सीमा १ लाख रुपैयाँ रहेकोमा त्यसलाई बढाएर अब २ लाख रुपैयाँ पुर्याइएको छ । यसका अतिरिक्त यस्तो लोन लिनका लागि योग्य समूहको दायरा पनि केही बढाइएको छ ।
नबिल बैंक फोन लोनको अवधारणा कार्यान्वयनमा ल्याउने देशकै पहिलो बैंक हो । अब नबिल बैंकमा नियमित बचत खाता सञ्चालन गर्ने ग्राहक तथा नबिल बैंकसँग आबद्ध क्यूआर मर्चेन्टहरू पनि फोन लोनका लागि योग्य हुनेछन् । यसअघि भने नबिल बैंकमा तलब खाता भएकाहरूले मात्र यस्तो लोनको सुविधा पाइरहेका थिए ।
नबिल बैंकले फोन लोनका अफरहरूलाई पनि अपग्रेड गरेको छ । अब यस्तो लोनका लागि योग्य ग्राहकले नबिल स्मार्ट बैंक एपको स्क्रिनमा फोन लोनको आइकन देख्नेछन् । बैंकले ग्राहकको सुविधाका लागि ‘बाइ नाउ, पे लेटर’को सुविधा तथा लोनबापत लिएको रकम चुक्ता गर्न ईएमआईको सुविधा समेत उपलब्ध हुने भएको छ ।
ग्राहकहरूले खरिद गर्दा कुनै पनि फोन पे मर्चेन्ट क्यूआर कोडहरू स्क्यान गर्न सक्छन् र आफ्नो खरिदको मासिक किस्तामा भुक्तानी गर्न चेकआउटको बेला बाइ नाउ, पे लेटरको विकल्प रोज्न सक्छन् ।
आफ्नो फोन लोनबक्यौता चाँडै तिर्न खोज्ने ग्राहकहरूले आफ्नो फोन लोन सिधै आफ्नो एपबाट प्रिपे गर्ने विकल्प पनि उपलब्ध हुने जनाइएको छ । यसअन्तर्गत नबिल बैंकले कुनै पूर्व भुक्तानी शुल्क नलिई ग्राहकहरूको खातामा पर्याप्त रकम भएमा ऋणको तत्काल निकासी गर्न अनुमति दिने जनाइएको छ ।
‘नेपालमा बैंकिङ अझै पनि विकासको प्रक्रियामा छ तर अहिले मुख्यतया कानूनी र नियामक व्यवस्थाका कारण र एनपीए व्यवस्थापनमा सहजताका कारण धितोमा आधारित ऋणमा केन्द्रित छ,’ नबिल बैंकका एसएमई एण्ड माइक्रोफाइनान्स प्रमुख निरज बस्नेत (डनिल) ले भने, ‘हालैका दिनहरूमा हाम्रो जोखिम बहन क्षमता बढ्दै गए पनि हामीले धितोमा आधारित लोनबाट व्यवहार र नगद प्रवाहमा आधारित क्रेडिटमा सर्न आवश्यक छ । यही उद्देश्य प्राप्तिमा फोनलोनको स्वचालित क्रेडिट अन्डरराइटिङ र ऋण व्यवस्थापन पहिलो चरण हो । हामी यो प्रडक्टको प्रभावकारिता, साथै ग्राहकको मागप्रति पनि विश्वस्त छौं, यही कारण पनि नबिलले फोनलोनको सीमा र योग्य समूहको दायरा बढाएको हो ।’