०७ असार २०८३, आइतबार

पूर्व विद्यार्थीले जुटाए एक करोड सहयोग

कात्तिक ८, २०७९
पूर्व विद्यार्थीले जुटाए एक करोड सहयोग
सांकेतिक तस्वीर

म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीको किसानी चन्द्रकुन्ता माविको स्तरवृद्धिका लागि पूर्वविद्यार्थीले रु एक करोड बढी सहयोग जुटाएका छन् । दश जोड दुई तहको कक्षा र प्राविधिक विषयको पठनपाठन सञ्चालन गर्न धारापानी पूर्वविद्यार्थी संघले अक्षयकोष स्थापना गर्न आर्थिक स्रोत जुटाएको हो । संघका अध्यक्ष भरतबहादुर थापाले स्वदेश तथा विदेशमा रहेका धारापानी र छिमेकी गाउँका बासिन्दाबाट रु एक करोड तीन लाख सहयोग जुटेको जानकारी दिए । 

सामाजिक सञ्जाल फेसबुकबाट अभियानका साथै सांस्कृतिक कार्यक्रम गरेर आर्थिक संकलन गरिएको हो । धारापानीकी सरु पुनले सबैभन्दा बढी रु सात लाख उपलब्ध गराएका छन् । विद्यालयको भवन बनाउन स्थानीय चक्रबहादुर थापा, उनका भाइ पूर्ण थापा, बहिनी सुवा र मना खत्रीले बुबा चन्द्रबहादुर थापा र आमा कुन्तादेवी थापाको नाममा सात रोपनी जग्गा उपलब्ध गराएका छन् । जग्गा उपलब्ध गराउने दाताको नाममा विद्यालयको नामाकरण गरिएको छ । यसअघि किसानी मावि नाम थियो । दाताको नाम थपेर किसानी चन्द्रकुन्ता मावि बनाइएको छ ।

धारापानी घर भई हाल अमेरिकामा रहेका मोहन थापाले रु पाँच लाख दुई सय १५, बेदबहादुर राना र गीता रानाले रु पाँच लाख एक सय ५५, तेजिन्द्र थापा र विष्णु थापाले रु तीन लाख एक सय २५, काठमाडौं बस्ने पदमजंग थापाले रु एक लाख पाँच सय ५५, लालबहादुर राना र नरदेवी रानाले रु. एक लाख एक सय ११ सहयोग गरेका छन् । 

एक वर्षभित्र जम्मा गरिसक्ने र अक्षयकोष बनाएर विद्यालयको स्तरवृद्धिका लागि परिचालन गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्रबहादुर थापाले बताए । कक्षा १० सम्मको पठनपाठन हुने विद्यालयमा दुई सय २८ जना विद्यार्थी छन् । रासस
 

salt training

कमेन्ट गर्नुहोस्