
आदिवी शेष अभिनित भारतीय फिल्म ‘मेजर’ हिन्दी भाषाको फिल्मको रूपमा आईएफएफआईमा छनोट भएको छ ।
फिल्मले मुम्बईमा २६/११ हमलाका नायक सन्दीप उन्नीकृष्णनको जीवन कथा देखाउँछ।
यो फिल्म ५३ औँ आईएफएफआईमा इन्डियन पानारोमा विधाका लागि छनोट भएको छ ।
'आरआरआर' र 'जय भीम' जस्ता चलचित्रहरू सहित २५ फिचर फिल्महरू र २० वटा गैर-फिचर फिल्महरू पनि आ-आफ्नो विधामा आईएफएफआईका लागि छनोट भएका छन् ।
तर यो चलचित्र भने पूर्ण रुपमा हिन्दीमा छनोट गरिएको हो।