
बिगबोस १६ मा सलमान खानले शनिवार गौतम र उनको परिवारलाई बोलाए ।
उनले अभिनेत्री कट्रिना कैफसँग पनि रमाइलो गरे ।
कट्रिना आफ्नो फोन भूत चलचित्रको प्रोमोशनका लागि पुगेकी थिइन् ।
सोही क्रममा कट्रिनाले सलमानलाई एक प्रश्न सोधिन् ।
प्रश्न थियो-कसको जासुसी गर्न चाहनुहुन्छ ?
सलमानले जवाफ पनि रमाइलो तरिकाले दिए ।
तत्कालै जवाफ दिए -'कौशल... विक्की कौशल ।'
कट्रिनाले सोधिन् - किन ?
अगाडिबाट जवाफ आयो- उनी धेरै माया गर्ने, हेरचाह गर्ने र हिम्मत गर्ने व्यक्ति हुन् ।
पति विक्की कौशलको नाम सुनेपछि कट्रिना खुशी देखिइन् ।
सलमानले सो जवाफ सत्य भएको बताए ।