२१ असार २०८३, आइतबार

हिमालयन बैंकले शिक्षण अस्पताललाई दियो प्रिन्टर तथा बारकोड रिडर

कात्तिक १४, २०७९
हिमालयन बैंकले शिक्षण अस्पताललाई  दियो प्रिन्टर तथा बारकोड रिडर

हिमालयन बैंक लिमिटेडले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई प्रिन्टर तथा बारकोड रिडर सहयोग गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षण अस्पताललाई चार लाख ५३ हजार ८४० रुपैयाँ मूल्यको १२ थान बारकोड रिडर र १२ थान प्रिन्टर सहयोग गरेको हो ।

सो बारकोड रिडर र प्रिन्टर बंैकले अस्पतालको भुक्तानी काउन्टरमा आउने सेवाग्राहीहरूलाई सहजता होस् भन्ने मनसायले एक समारोहबीच प्रदान गरिएको बैंकले जनाएको छ । 

सहयोगका  सामाग्रीहरु बंैकका तर्फबाट बंैकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले अस्पतालका कार्यकारी संचालक प्रो. डा. दिनेश काफ्लेलाई हस्तान्तरण गरेका थिए । 

सो समारोहमा बंैक तथा अस्पतालका अन्य पदाधिकारी एवं कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्