२० असार २०८३, शनिबार

बद्री पंगेनीको स्वरमा प्रचण्डको चुनावी गीत

कात्तिक १५, २०७९
बद्री पंगेनीको स्वरमा प्रचण्डको चुनावी गीत

नेकपा एमालेको चुनावी गीत गाएपछि विवादमा परेका लोकगायक बद्री पंगेनीले यसपटक भने माओवादी केन्द्रको पनि चुनावी गीतमा स्वर दिएका छन् । सोमवार सार्वजनिक भएको ‘अघि बढ प्रचण्ड’बोलको माओवादी केन्द्रको चुनावी गीतमा गायक पंगेनी र स्मिता दाहालले स्वर दिएका छन् । स्मिता प्रचण्डकी नातिनी हुन् । 

गीतको शब्द भने चर्चित गीतकार एकनारायण भण्डारीले लेखेका हुन् । उनै भण्डारी एमालेको चर्चित चुनावी गीत ‘सै पनि एमाले, मै पनि एमाले’को रचना गरेका थिए । उक्त गीतमा बद्री पंगेनी र प्रिया भण्डारीको स्वर छ । 

मौसम हिमालीको निर्देशनमा तयार ‘अघि बढ प्रचण्ड’ गीतको भिडियोमा करिश्मा ढकाल, लोमश शर्मा र चेतन गोतामेले अभिनय गरेका छन् । नवराज उप्रेतीको छायाँकन रहेको भिडियो उनकै सम्पादनपछि ‘चेतन गोतामे’ युट्युब च्यानलमा सार्वजनिक भएको हो । 

यसअघि लोकगायक बद्री पंगेनीले एमालेको मात्रै चुनावी गीत गाएर चुनाव प्रचारमा सहयोग गरेको भन्ने आरोप लाग्ने गरेको थियो । 


 

salt training

कमेन्ट गर्नुहोस्