०२ साउन २०८३, शनिबार

अर्जुन सापकोटाले ल्याए ‘ए ठुली’ (भिडियो)

कात्तिक १६, २०७९
अर्जुन सापकोटाले ल्याए ‘ए ठुली’ (भिडियो)

लोकगायक अर्जुन सापकोटाले नयाँ गीत सार्वजनिक गरेका छन् ।

आफ्नै शब्द, संगीत र एकल स्वरमा उनले बुधबार ‘ए ठुली’ बोलको प्रेमगीत सार्वजनिक गरेका हुन् । 

यो गीतको भिडियोमा अर्जुनले अभिनय समेत गरेका छन् ।

सुनिल परियारको एरेन्ज रहेको गीत अर्जुनको यसअघिका गीतहरूभन्दा विल्कुलै फरक छ । 

जेरी भण्डारीको कथा एवं निर्देशनमा तयार भिडियोमा अर्जुन र क्रिष्टल सापकोटाको अभिनय हेर्न सकिन्छ ।

करन चैसिर र दीपक गिरीको छायाँकन रहेको भिडियोलाई सुजन कोइरालाले सम्पादन गरेका छन् । गायक एवं सर्जक अर्जुनका ‘बनकी चरी’, ‘पछयौरी लिस्यो’, ‘नगर पीर मया’, ‘पिरति नलाम मया’ लगायतका गीतहरूलाई श्रोता दर्शकले रुचाएका छन् ।

नयाँ गीत ‘ए ठुली’ हेरेर प्रतिक्रिया दिन समेत अर्जुनले आग्रह गरेका छन् । 

अर्जुनको आफ्नै अफिसियल युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक भएको हो ।

 

salt training

कमेन्ट गर्नुहोस्