×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन : इलाम- २ विशेष

प्रत्यक्षमै ९० सीट जित्छौं, चुनावपछि एमालेको सरकार बन्छ– सुवास नेम्वाङ [अन्तर्वार्ता]

'इलाममा विकासका धेरै काम गरेको छु, चुनाव जित्न गाह्रो छैन'

कात्तिक १७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

साढे २ दशकभन्दा लामो समयदेखि निरन्तर सांसद रहेका नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ यसपटक पनि इलाम क्षेत्र नम्बर २ बाटै चुनावी प्रतिस्पर्धामा छन् ।

Muktinath Bank

गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका डम्बरबहादुर खड्कासँग प्रतिस्पर्धा गर्दै गरेका नेम्वाङ आफूले लामो समय इलामेली जनतामाझ पुर्‍याएको योगदानका कारण फेरि पनि सहजै जीत निकाल्नेमा ढुक्क छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विपक्षी गठबन्धन अपवित्र भन्दै जनताको काम गर्ने शक्ति एमाले नै हुने दाबी उनको छ । यसपटक देशैभरबाट प्रत्यक्षमा ९० सिटसहित बहुमत ल्याउने अपेक्षा एमालेले गरेको उनले बताए । आफू २७ वर्ष सांसद बने पनि आफ्नो पार्टीले सरकार चलाउन जम्मा ७ वर्ष मात्रै मौका पाएको भन्दै इलाममै अझै धेरै काम गर्न बाँकी रहेको उनको तर्क छ ।


Advertisment
Nabil box
Kumari

‘एमालेले जति समय मौका पायो, राम्रो काम गरेको छ,’ उनले भने । थप काम गर्न एमालेको सरकार हुनुपर्ने र त्यसका लागि आफूहरूको नै बहुमत आउने अपेक्षा एमालेको छ । इलाम क्षेत्र नम्बर २ बाट आफू नै निर्वाचित हुनेमा पनि नेम्वाङ विश्वस्त छन् ।

Vianet communication
Laxmi Bank

२०७९ मंसिर ४ गतेको निर्वाचनको चुनावी रिपोर्टिङका लागि लोकान्तरको टीम इलामको सदरमुकाम इलाम बजारमा पुगेको छ । त्यहाँ राति ११ बजे नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व सभामुख नेम्वाङले अन्तर्वार्ता शुरू हुनुअघि एउटा कुरा सुनाउँछु भन्दै चुनावी प्रसङ्गसँगै जोडिएका विषय कोट्याए – 

२०१५ सालमा टुँडिखेलमा किसुनजीले एक भाषणमा भनेका थिए – कम्युनिस्टले कताबाट ४ सिट ल्याएछन्, यसपालि फेरि १५ सिट ल्याए । मैले पञ्चायत फेरि फर्किन्छ, कांग्रेस–कम्युनिस्ट मिलेर चुनाव लडौंभन्दा कांग्रेसलाई १००० सिटले त पुग्ने अवस्थामा छैन, तपाईंहरूलाई कसरी कति दिने भनेर किसुनजीले भन्नुभएको थियो । त्यो बेलामा मैले प्रकाशशरण महत, शेखर कोइराला, शशांक कोइलाको बीचमा हामीले यो पालि १५ सिट ल्याउँछौं भनेको थिएँ तर त्यो बेलामा हाँसेर उडाए । शशांकले मात्रै सुवासको कुरामा दम छ भन्नुभएको थियो । एमालेले हरेक निर्वाचनमा मत बढाउँदै लगेको छ तर त्यो अवस्थाको कांग्रेस अहिले गठबन्धन गर्ने अवस्थामा आयो, यसले नै त्यही कांग्रेस कुन अवस्थामा छ भन्ने देखाउँछ । एमाले कम्युनिस्ट एक्लै कहाँ छ भन्ने अवस्था यसपटकको चुनावबाट पनि देखिन्छ । 

लोकान्तरकर्मी राजु बास्कोटा र गगन अर्यालले नेम्वाङसँग गरेको कुराकानीको सम्पादित अंश :

चुनावी व्यस्ततामा हुनुहुन्छ, विगतको इतिहास हेर्ने हो भने २०५६ सालदेखि जित्दै आउनुभएको छ । यसपालि गठबन्धन छ, जित्न अलि कठिन होला कि ? मेहनत गर्नुपर्ने देखियो नि !

– मेहनत त जनताको बीचमा बाक्लो हिसाबले गरेको छु । यसपालि एमालेको विरुद्धमा ५ दलीय गठबन्धन छ । यो गठबन्धन अप्राकृतिक, अस्वाभाविक, राष्ट्रियस्तरमा निषेध गर्ने रूपमा अगाडि आएको छ । म र अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई यो कुरा भनेका थियौं – तपाईंहरू लोकतान्त्रिक मूल्य र मान्यतामा चल्नुभएको छैन ।

हामी स्वस्थ प्रतिस्पर्धामा विश्वास गर्छौं र तपाईंहरू निषेधको राजनीति गरेर एमालेविरुद्ध अगाडि बढ्नुभएको छ । यसलाई बन्द गर्नुस् ।

हामीले लोकतान्त्रिक मूल्य–मान्यता कुल्चेको विषयलाई मुद्दाको विषय बनाएर जनताको बीचमा आएका छौं, त्यसलाई जनताले विश्वास गर्नुहुनेछ ।

एमालेलाई रोक्नका लागि मात्र विचार र सिद्धान्त नमिल्ने पार्टीहरू एक भएको तपाईंको बुझाइ देखियो, यो एमालेले तोड्छ भन्न खोज्नुभएको हो ?

– अहिले गठबन्धन संविधानको विरुद्धमा छ । स्पष्ट शब्दमा भन्नुपर्दा दल विभाजन सम्बन्धी गलत अभ्यास गरियो । संसदीय मूल्य र मान्यताविपरीत दल विभाजन हुनुभन्दा अगाडि नै गठबन्धन गरेर एमालेलाई विभाजन गर्न लाग्नुभयो । आफ्नै पार्टीको सरकारको विरुद्धमा साथीहरू लाग्नुभयो । यो संसदीय मूल्य–मान्यता विपरीत हो ।

त्यसैले यो गठबन्धन दूषित छ भनेका हौं । उहाँहरूले आफ्नो स्वार्थ पूर्तिका लागि यी सबै काम गर्नुभएको हो, त्यही कुरालाई जनताको बीचमा लिएर आएका हौं ।

सबैभन्दा धेरै विरोध भएको विषय बनेका छ संसद विघटन ।  तपाईंकै कानूनी सल्लाहमा अध्यक्ष ओलीले विघटन गरेको पनि भनियो । गठबन्धनले अहिले मुख्य एजेन्डा त्यसैलाई बनाएका छन् । फेरि एमालेलाई सरकार बनाउन पुग्ने मत दिँदा पुरानो अवस्था दोहोरिएला भन्दै प्रश्न उठेको छ । तपाईं यसलाई कसरी चिर्नुहुन्छ ?

– संसद विघटनको विषयमा विवाद छैन । संसद विघटनमा मेरो धारणा के थियो ? त्यो छलफलमा आउनुपर्ने विषय पनि होइन । छलफलको विषय के हो भने संसद् विघटन गर्दा प्रतिगमन हुन्छ ? तर गठबन्धनका साथीहरू यही विषयलाई लिएर चुनावमा जानुभएको छ । २ पटक केपी ओली र एमालेले संसद् विघटन गरेको हो । संविधान झण्डै झत्केको थियो, हामीले  संविधान जोगायौं भन्दै हास्यास्पद विषय लिएर गठबन्धनका साथीहरू निर्वाचनमा जानुभएको छ । उहाँहरूसँग केही एजेन्डा नभएर यो विषय लिएर जानुभएको छ । किनभने यो देशमा संसद् त पटक–पटक विघटन भएको छ ।

गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, शेरबहादुर देउवा लगायतले पनि विघटन गर्नुभएको थियो । के त्यो प्रतिगमन होइन ? उदाहरणका लागि भन्नुस् बाबुराम भट्टराईले पहिलो संविधानसभा विघटन गर्नुभयो । अर्को संविधानसभा हुने ठाउँ थिएन । त्यस्तो अवस्थामा मैले देशमा कहीँ उज्यालो छैन भनेको थिएँ । त्यस बेला दलहरू मिलेर अगाडि बढ्यौं । राजा ज्ञानेन्द्रको पालामा शेरबहादुर देउवाले संसद् विघटन गरेर मात्र होइन, तोकिएको मितिमा चुनाव गर्न नसकेर राजालाई निर्वाचन सार्ने सिफारिस गर्नुभएको थियो ।

त्यसको परिणाम स्वरूप राजा ज्ञानेन्द्रले निर्वाचन गर्न असक्षम प्रधानमन्त्री भनेर कारवाही गर्नुभएको होइन ? त्यतिबेला देश सही प्रतिगमनतिर उहाँकै कारण गएको थियो । त्यो बेलामा शेरबहादुर देउवाको वकिल नै म थिएँ । त्यो बेलामा एमालेले शाही प्रतिगमन विरुद्धमा सहयोग गरेर त्यसलाई पराजित गरेका थियौं । अचम्म छ उहाँ नै साथीहरू विघटनलाई प्रतिगमन भनेर चुनावी एजेन्डा बनाएर जनताको बीचमा आउनुभएको छ ।

जनताले त्यसलाई चिन्छन्, बुझ्छन् र उपयुक्त निर्णय गर्छन् भन्ने विश्वास गरेको छु । केपी ओलीले चुनाव गर्छु भनेर मिति समेत घोषणा गर्नुभएको थियो । सर्वोच्च अदालतले हस्तक्षेप नगरेको भए त्यो मितिमा चुनाव हुन्थ्यो, आफ्नो अप्राकृतिक गठबन्धनलाई ढाकछोप गर्न प्रतिगमनको विषयलाई लिएर अलि ठूल्ठूलो आवाजमा हल्ला गर्नुभएको छ । यसलाई जनताले चिर्छन् भन्ने हाम्रो विश्वास छ ।​

संसद विघटनमा तपाईंहरूको बुझाइ र जनस्तरको बुझाइ फरक छ । त्यहीँ दागले विपक्षीलाई मसला बनाएका छन् । एमालेलाई ढाकछोप गर्नुपर्ने अवस्था छ नि ?

– एउटा कुरा के बुझ्नुपर्छ भने गठबन्धनका साथीहरूसँग केही एजेन्डा नभएर यो विषय उठाउनुभएको हो तर त्यो कुरालाई हामीले के हो भनेर बुझाइरहेका छौं । त्यो विषयलाई बुझाउनका लागि एमालेले जनताको बीचमा बुझाउन मेहनत त गर्नैपर्छ तर एमाले जुन ढंगले जनताको बीचमा गएको छ, त्यसले जनतालाई विश्वास दिलाउन सक्छौं ।

जस्तो फागुन २० गते शपथ खाएको, मंसिर ४ गते साथीभाइहरूले पनि ५ महिना अगाडि निर्वाचन घोषणा त गर्नुभयो । के त्यसलाई प्रतिगमन भन्ने ? त्यसलाई स्वाभाविक मान्नुपर्छ । यस्ता विषयमा भ्रम छर्नुभन्दा यथार्थ कुरा बोलेर जनताको बीचमा जानु राजनीतिक बुद्धिमानी ठहरिन्छ ।

तपाईंहरू कन्फिडेन्टका साथ जनतामा आएको भनिरहँदा अबको निर्वाचनमा एमालेको अवस्था के हुन्छ ? त्यो पनि मूल्यांकन गर्नुभएकै त होला ?

– हामीले अध्यक्ष केपी ओलीलाई केन्द्रीय कमिटीको बैठकबाटै मंसिर ४ गते पछाडिको प्रधानमन्त्रीका उम्मेदवार भनेर घोषणा गर्‍यौं । यो एमालेको विश्वास हो । जनतामाथिको भरोसा हो । विनम्रतापूर्वक भन्छु गठबन्धनका साथीहरूले गरेर देखाउनुस् न ! यत्रो गठबन्धन चलाएर आएका साथीहरू हामीले संविधान जोगाएका हौं, त्यसैका लागि गठबन्धन भएको हो भन्नुहुन्छ ।

त्यो गठबन्धनले साझा घोषणापत्र बनाएर सार्वजनिक गरेको खै त ? किन नसकेको ? साझा घोषणापत्र सार्वजनिक गर्न नसक्ने, एउटा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्न नसक्ने उहाँहरूले व्यवहारबाट पराजय स्वीकार गर्नुभएको छ । हामी आफ्ना कारणले र गठबन्धनमा रहनु भएका मित्रहरूको व्यवहारको कारणले एमाले आत्मविश्वास गरेका छौं ।

तपाईंहरू अब जनताको बीचमा आइसक्नुभएको छ, एमालेले प्रत्यक्षमा कति सिट ल्याउने आकलन गर्नुभएको छ ?

– स्थानीय तहमा एक्लै लोकप्रिय मतको आधारमा पहिलो पार्टी भएका छौं । हामीले १ लाखभन्दा धेरै मत पाएर पहिलो पार्टी भएका छौं । यो बीचमा हामीले आफूमा रहेको कमजोरी हटाउन सातै प्रदेशमा उपाध्यहरूको नेतृत्वमा प्रशिक्षण गरेका थियौं । त्यसको समेत आधारमा एमालेले भन्यो – बहुमत प्राप्त गर्ने अवस्थामा छौं । एकातिर गठबन्धन कमजोर हुनु, गठबन्धनको बीचमा तिक्तता हुनु लगायतका आधारमा हामी स्पष्ट छौं र पार्टीका सदस्य एकले २ जना नयाँ थप्न भनेका छौं । ५ मतलाई सुरक्षा गर्नु भनेर गृहकार्य गरेका छौं । त्यसैले मंसिर ४ गतेपछि एमालेको सरकार बन्छ । प्रत्यक्षमा ९० सिटसहित बहुमतको सरकार बनाउँछौं ।

अघिल्लो संघीय निर्वाचनमा तपाईंले प्रतिस्पर्धीलाई १० हजार मतले पराजित गर्नुभएको थियो तर यसपालि एमाले फुटेको छ  । गठबन्धन छ त्यसैले हामीले जित्छौं भन्ने तपाईंका प्रतिस्पर्धीको तर्क छ । तपाईं नै फेरि जित्ने आधार के हो ?

– हामी स्वस्थ प्रतिस्पर्धामा विश्वास गर्छाैं र आफ्ना प्रतिस्पर्धीलाई सम्मान गर्छाैं । त्यसैले अन्यथा टिप्पणी गर्न चाहन्न । यो निर्वाचन क्षेत्रमा २०५६ सालदेखि निर्वाचन लडिरहेको छु । २०५६ सालमा १९ सय मतले विजयी भएको थिएँ । त्यहाँदेखि निरन्तर मत बढाउँदै आएको छु ।  अघिल्लो चुनावमा निकै ठूलो मतान्तरले जितेको हुँ । यसपालि पनि विगतको भन्दा बढी मतान्तरले मलाई जनताले आशीर्वाद दिनुहुन्छ भन्ने विश्वास लिएको छु । 

२७ वर्षदेखि एकै जनाले जित्दै आएका छन् । अब नयाँलाई दिनुपर्छ भन्दै प्रतिस्पर्धी एमाले फुटको लाभ लिएर चुनाव जित्ने दाउमा छन् नि ?

– निर्वाचनमा यसरी नयाँ पुरानोको कुराले निष्कर्षमा पुग्न सकिँदैन । यो देशमा पटक–पटक गरेर गठबन्धनका साथीहरूले २७ वर्ष देश चलाउनुभएको रहेछ । हामीले त ७ वर्ष पनि चलाउन पाएका छैनौं । उहाँहरूकै तर्क भन्ने हो भने २७ वर्ष देश चलाएका तर सिन्को न भाँचेका साथीहरूलाई किन मौका दिने जनताले ?

एमालेले थोरै समय पाउँदा देखिने गरी उल्लेख्य काम गरेको छौं । हामीले अब कहिल्यै पनि नाकाबन्दी नलाग्ने अवस्था बनाएका छौं । हामीले संविधान कार्यान्वयन गर्‍यौं । सामाजिक सुरक्षा, वृद्धभत्ता लगायतका काम गर्‍यौं । महिलालाई ३३ प्रतिशत सहभागी गर्ने आधार तयार गर्‍यौं । त्यसैले पुरानो र नयाँको विषय हो भने इलामे जनताको माया र आशीर्वादका लागि के काम गरें भन्ने विषय महत्त्वपूर्ण हो ।

मैले संविधान बनाउनका लागि खेलेको भूमिका देशका अगाडि छ । २०५६ सालमा म निर्वाचित हुँदा इलामको २ नम्बर क्षेत्रलाई कर्णाली भनिन्थ्यो । त्यो बेलामा कच्ची सडक थिएन । बिजुली थिएन । मोबाइल थिएन, टेलिफोन थिएन । यो अवस्थालाई परिवर्तन गरेको छु । त्यो बेलामा सुवासले सबै बजेट इलाम लगेको छ भन्ने आरोप लागेको थियो । त्यसैको परिणाम यहाँ विकास भएको छ ।

तपाईंको क्षेत्रका मतदाताले त टुँडिखेलमा ३ पटक बजेट हाल्छु भनेर हालेन, जिल्ला जोड्ने ७ वटा सडकहरू पनि अधुरै छन् । निर्वाचनको मुखमा बजारभित्रैको डेढ किलोमिटर मात्रै सडक पिच भयो भन्ने आरोप छ नि ?

– साथीहरू बोल्दा आँखा चिम्म गरेर बोल्नुभएको छ । इलामको २ नम्बर क्षेत्रमा इलाम नगरपालिका पर्दैनथ्यो । त्यो बेलामा पनि यो ठाउँमा सभा भवन मैले बनाएको हुँ । एयरपोर्ट निर्माणमा भूमिका खेलेको छु । कोल्ड स्टोरेज् बनाएको लगायतका विषय छन् । माईपोखरीलाई रामसार क्षेत्रमा मेरै पहलमा सूचीकृत गराएको हुँ । आफ्नो जिल्लाका लागि काम गरेको छु । यो २ नम्बर क्षेत्रमा परिसकेपछि इलाम बजारलाई विकासमा लागेको छु ।

तमोर नदीको करिडोर ओली सरकारको पालामा बनेको छ । भेडेटार रवि राँके सडक खण्डलाई ओली सरकारको पालामा ६ अर्ब रूपैयाँ बजेट ल्याउने काम मैले नै गरे हुँ । त्यो बाटो बन्न शुरू भएको छ तर भारतीय ठेकेदारले समस्या ल्याएको छ । त्यस विषयमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएका छौं ।

यी सबै काम हामीले गरेका कारणले यो क्षेत्र अगाडि आएको छ । दमक चिसापानी सडक अढाई अर्ब रूपैयाँ विनियोजन गराएको छु । मंगलबारेबाट बेलासे हुँदै झापा जाने बजेट ल्याएको हुँ ।

ओली सरकारको पालामा केचनाकञ्चनजंगा राजमार्गको केचना हुँदै डाँडाबारी र बेलासेबाट एयरपोर्ट हुँदै पाँचथर र ताप्लेजुङ जाने सडक ५६ करोड प्रत्येक वर्ष विनियोजन हुने गरी योजना ल्याएको छु । अब यसले गर्दा इलाम नगरपालिका अगाडि आउँछ । इलाममा खानेपानीको समस्यालाई बाहिर रहँदा पनि समाधान गरेको छु । 

तपाईंलाई समेत जोडेर सामाजिक सञ्जालमा ‘नो नट अगेन’ भन्ने अभियान चलाएका छन् नि ! त्यसमा तपाईंको प्रतिक्रिया के हो ?

– जसरी मेरो कुरा भन्ने राख्ने अधिकार छ । उहाँहरूलाई पनि आफ्नो कुरा राख्ने अधिकार छ । यसमा मेरो कुनै टिप्पणी छैन ।

हेर्नुहोस्, भिडियो :

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ १९, २०८०

​​संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...

चैत ३, २०८०

लेखक एवं निर्देशक प्रदीप भट्टराईका जति फिल्म प्रदर्शनमा आएका छन्, ती सबैले दर्शकको माया र समीक्षकबाट प्रशंसा पाएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रुगते’ र ‘महापुरुष...

जेठ १६, २०८०

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...

जेठ २२, २०८०

प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...

असोज ३, २०८०

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...

असार १, २०८०

बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x