०८ साउन २०८३, शुक्रबार

प्रियंका अभिनित ‘चि मुसी चि’ पुस १५ मा रिलिज हुने

कात्तिक १८, २०७९
प्रियंका अभिनित ‘चि मुसी चि’ पुस १५ मा रिलिज हुने

हरर थ्रिलर चलचित्र ‘चि मुसी चि : इभन डेड डिजायर बिलडिङ’को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टिमका अनुसार चलचित्र आगामी पुस १५ गतेबाट नेपालभरका हलमा रिलिज हुनेछ । 

एमी स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्ट लगायतका कलाकारको अभिनय रहेको छ । यो चलचित्रले नेपालमा हरर तथा थ्रिलरको ट्रेण्ड स्थापित गर्ने निर्माता अरुण चक्रावर्तीले बताए ।

चलचित्रको निर्देशन मर्ण जेम्स र यश सैनीले संयुक्त रूपमा गरेका हुन् । चलचित्र नेपाली र बलिउड प्राविधिकको समिश्रणमा निर्माण भएकाले पनि केही फरक र नयाँपन दर्शकले महसुस गर्न पाउने विश्वास निर्माण टिमको छ ।

चलचित्रमा रिञ्जु केसीसँग मिलेर प्रस्तुतकर्ता अरुण चक्रावर्ती लगानी गरेका छन् । चलचित्रको वितरण राइट्स डिसिएन र डिजिटल राइट्स ओएसआर डिजिटलले खरिद गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्