२२ असार २०८३, सोमबार

म्युजिक भिडियोमा सधैं ‘फिट’ देखिएको लक्ष्मी र जीवनको जोडी

‘जेल पनि सहुँला’देखि ‘शिरफूल–सुनकाबाला २’सम्म, सधैं जीवन्त अभिनय
कात्तिक २०, २०७९
म्युजिक भिडियोमा सधैं ‘फिट’ देखिएको लक्ष्मी र जीवनको जोडी

म्युजिक भिडियोमा लक्ष्मी बर्देवा र जीवन भट्टराईको जोडी जमेको छ । 

यो रियल जोडी रिलमा पनि सँगसँगै देखिँदै आएको छ र अधिकांश म्युजिक भिडियोलाई स्रोता/दर्शकहरूले निकै रुचाउँदै पनि आएका छन् । 

थिएटरबाट उदाएका लक्ष्मी र जीवनले थुप्रै चलचित्रमा समेत काम गरेका छन् । यद्यपि पछिल्लो समय उनीहरू म्युजिक भिडियोमा ज्यादा देखिँदै आएका छन् ।

उनीहरूले म्युजिक भिडियोमा अभिनयसँगै निर्देशन समेत गर्दै आएका छन् । २ वर्षअघि सार्वजनिक ‘जेल पनि सहुँला’ निकै चर्चित गीत मानिन्छ । यो गीतको भिडियोमा लक्ष्मी र जीवनको जोडीले अभिनयसँगै निर्देशन समेत गरेको छ ।

यी दुवैको अभिनयमा थुप्रै म्युजिक भिडियो सार्वजनिक छन् । दुवैले संयुक्त रूपमा थुप्रै म्युजिक भिडियो निर्देशन गरेका छन् ।

‘रुमालै चिनो धोइधोइ’ लक्ष्मी र जीवनको अभिनय एवं निर्देशनमा तयार अर्को चर्चित गीत हो । ‘सक्दिनँ म त’, ‘तिमीसित माया गर्दा’, ‘चिट्ठीसँगै तिम्रो फोटो’, ‘रुँदारुदै हाँसेको मान्छे’, ‘हाँसेकै छैन’, ‘आमाबाबा पियारी’, ‘तिमीले सोचेजस्तो छैन’ जस्ता म्युजिक भिडियोमा लक्ष्मी र जीवनले अभिनयसँगै निर्देशनको कार्यभार समेत पूरा गरेका छन् । उनीहरूको अभिनय मात्र रहेको ‘भन साइँला’ गीत पनि निकै चर्चित मानिन्छ । 

शुक्रवार मात्रै लक्ष्मी र जीवनको जोडीको अभिनयसँगै निर्देशनमा ‘शिरफूल–सुनकाबाला–२’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । देउडा गीतकी चर्चित गायिका रेखा जोशीको स्वर रहेको गीतमा लक्ष्मी र जीवनले जीवन्त अभिनय गरेका छन् । राजेन्द्र भट्ट (मिस्टर आरजे) को शब्द एवं संगीत रहेको गीतको अडियो कर्णप्रिय छ ।

भिडियोमा लक्ष्मी र जीवनको अभिनयले स्रोतादर्शकको मन जित्न सक्छ । गीतको भिडियो अहिले यूट्युब ट्रेन्डिङमा समेत उक्लिसकेको छ ।

जीवन्त अभिनयका कारण लक्ष्मी र जीवनको जोडीलाई स्रोता दर्शकले रुचाउँछन् नै । म्युजिक भिडियोमा फरकपन खोज्दै र पस्किँदै आएका कारण उनीहरू निर्देशकका रूपमा समेत खोजिने गरेका छन् ।

कलाकारिता क्षेत्रमा उदाहरणीय जोडीका रूपमा लक्ष्मी र जीवन परिचित छन् ।

salt training

कमेन्ट गर्नुहोस्