कात्तिक १९, २०८०
साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् । थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...
पछिल्लो पुस्ताका चर्चित लोकगायक प्रकाश दूतराजले अस्ट्रेलियामा आत्महत्या प्रयास गरेको खबरले सोमवार नेपाली सांगीतिक बजार र उनका फ्यान एवं शुभचिन्तकहरुमा निकै हल्लाखल्ला मच्चियो ।
सांगीतिक कार्यक्रमको सिलसिलामा अस्ट्रेलियाको ब्रिसबेन पुगेका दुतराजले आफू बसेको फ्ल्याटमा आत्महत्या प्रयास गरेको खबर फैलिएको थियो ।
यस विषयमा गायक दुतराजले प्रतिक्रिया दिएका छन् । सोमवार नेपाली समयअनुसार रातको १२ बजे फेसबुकमा स्टाटस् लेख्दै उनले समाचारहरू पढ्दा आफूलाई असहज महसुस भएको बताएका छन् । ‘...कहिले अँध्यारो बन्द कोठाभित्र घण्टौसम्म आफैलाई थुनिदिन्छु । हजारौं कोशिश गर्दा पनि यो स्वभाव फेरिन सकेको छैन । यसलाई रोग भनु या मेरो विशेषता । यही कारण पनि म आफुले आफैलाई दुखी बनाउँछु,’ उनले लेखेका छन्, ‘धेरै समाचारहरु हेरेँ, पढे । अलिक अप्ठ्यारो असजिलो महसुस गरँे । म केही छिन हराउँनु म मर्नु हैन नि !’
उनले समाचारहरु सार्वजनिक भएपछि बोली मधुरो पार्दै आमाले फोन गरेको समेत स्टाटस्मा उल्लेख गर्दै अगाडि भनेका छन्, ‘माया गर्नेहरूको आँशुले सराप्छ । कसरी मार्न सक्थे र यो शरीरलाई !’
गलत बुझाई तथा सूचनाको आधारमा समाचारहरू बन्न गएको उनको स्टाटसको आशय छ ।
उनले यसबाट आफूलाई माया गर्नुका साथै आशिर्वाद दिने सम्पूर्णमा पर्न गएको असरप्रति क्षमा समेत मागेका छन् ।
कार्यक्रम आयोजक संस्था म्याग्दी सेवा समाजका अध्यक्ष रमेश रोकाले पनि प्रकाश दुतराज आफूसँगै रहेर आगामी सांगीतक प्रस्तुतिको तयारी गरिरहेको बताइसकेका छन् ।
गायक दुतराज केही साताअघि गायिका भूमिका गिरीसहित सांगीतिक कार्यक्रमको लागि अस्ट्रेलिया पुगेका थिए ।
अस्ट्रेलियामा उनीहरूले विभिन्न ठाउँमा आयोजित सांगीतिक कार्यक्रममा प्रस्तुति दिइसकेका छन् ।
गायिका भूमिकाले पनि घटना सामान्य भएको बताउँदै आफूहरु अष्ट्रेलियाको विभिन्न शहरहरूमा हुँदै गरेको कार्यक्रमहरूको तयारी गरिरहेको उल्लेख गरेकी छिन् ।
दुतराजको ‘बैनी झ्यालैमा’, ‘घर कता हो बहिनीको’, ‘जाम भो माइली’, ‘चोली मैलै भो’, ‘मन भुल्छ’ लगायतका गीत चर्चित छन् ।
केही दिनअघि सार्वजनिक ‘देउरालीमा’ गीत पनि यतिबेला चर्चामा छ ।
साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् । थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...
युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे । ‘हावा चिसो चिसो’, ‘पानी परेको...
लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ । बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...
ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् । विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...
बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् । नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...
प्रकाश सपूत र सनिशा भट्टराईको अभिनयमा ‘फूलमाया कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । सोमवार सार्वजनिक यो माया प्रेममा आधारित गीत हो । गीतमा योगेश काजी शाह र शान्तिश्री परियारको स्वर छ । यसमा कृष्ण...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...