०२ साउन २०८३, शनिबार

प्रकाश दुतराजले भने – कसरी मार्न सक्थेँ र यो शरीरलाई !

कात्तिक २२, २०७९
प्रकाश दुतराजले भने – कसरी मार्न सक्थेँ र यो शरीरलाई !

पछिल्लो पुस्ताका चर्चित लोकगायक प्रकाश दूतराजले अस्ट्रेलियामा आत्महत्या प्रयास गरेको खबरले सोमवार नेपाली सांगीतिक बजार र उनका फ्यान एवं शुभचिन्तकहरुमा निकै हल्लाखल्ला मच्चियो । 

सांगीतिक कार्यक्रमको सिलसिलामा अस्ट्रेलियाको ब्रिसबेन पुगेका दुतराजले आफू बसेको फ्ल्याटमा आत्महत्या प्रयास गरेको खबर फैलिएको थियो ।

यस विषयमा गायक दुतराजले प्रतिक्रिया दिएका छन् । सोमवार नेपाली समयअनुसार रातको १२ बजे फेसबुकमा स्टाटस् लेख्दै उनले समाचारहरू पढ्दा आफूलाई असहज महसुस भएको बताएका छन् । ‘...कहिले अँध्यारो बन्द कोठाभित्र घण्टौसम्म आफैलाई थुनिदिन्छु । हजारौं कोशिश गर्दा पनि यो स्वभाव फेरिन सकेको छैन । यसलाई रोग भनु या मेरो विशेषता । यही कारण पनि म आफुले आफैलाई दुखी बनाउँछु,’ उनले लेखेका छन्, ‘धेरै समाचारहरु हेरेँ, पढे । अलिक अप्ठ्यारो असजिलो महसुस गरँे । म केही छिन हराउँनु म मर्नु हैन नि !’ 

उनले समाचारहरु सार्वजनिक भएपछि बोली मधुरो पार्दै आमाले फोन गरेको समेत स्टाटस्मा उल्लेख गर्दै अगाडि भनेका छन्, ‘माया गर्नेहरूको आँशुले सराप्छ  । कसरी मार्न सक्थे र यो शरीरलाई !’

गलत बुझाई तथा सूचनाको आधारमा समाचारहरू बन्न गएको उनको स्टाटसको आशय छ । 

उनले यसबाट आफूलाई माया गर्नुका साथै आशिर्वाद दिने सम्पूर्णमा पर्न गएको असरप्रति क्षमा समेत मागेका छन् । 

कार्यक्रम आयोजक संस्था म्याग्दी सेवा समाजका अध्यक्ष रमेश रोकाले पनि प्रकाश दुतराज आफूसँगै रहेर आगामी सांगीतक प्रस्तुतिको तयारी गरिरहेको बताइसकेका छन् । 

गायक दुतराज केही साताअघि गायिका भूमिका गिरीसहित सांगीतिक कार्यक्रमको लागि अस्ट्रेलिया पुगेका थिए । 

अस्ट्रेलियामा उनीहरूले विभिन्न ठाउँमा आयोजित सांगीतिक कार्यक्रममा प्रस्तुति दिइसकेका छन् । 

गायिका भूमिकाले  पनि घटना सामान्य भएको बताउँदै आफूहरु अष्ट्रेलियाको विभिन्न शहरहरूमा हुँदै गरेको कार्यक्रमहरूको तयारी गरिरहेको उल्लेख गरेकी छिन् । 

दुतराजको ‘बैनी झ्यालैमा’, ‘घर कता हो बहिनीको’, ‘जाम भो माइली’, ‘चोली मैलै भो’, ‘मन भुल्छ’ लगायतका गीत चर्चित छन् । 

केही दिनअघि सार्वजनिक ‘देउरालीमा’ गीत पनि यतिबेला चर्चामा छ ।

salt training

कमेन्ट गर्नुहोस्