०८ साउन २०८३, शुक्रबार

वरुण धवनले भने : रोगबाट पीडित छु, अहिले जीवनशैली परिवर्तन गर्दैछु

कात्तिक २२, २०७९
वरुण धवनले भने : रोगबाट पीडित छु, अहिले जीवनशैली परिवर्तन गर्दैछु

बलिउड अभिनेता वरुण धवनले आफू भेस्टिबुलर हाइपोफंक्सन नामक रोगबाट पीडित भएको बताएका छन् ।

उनले एक अन्तर्वार्ताका क्रममा आफू रोगबाट पीडित भएको जानकारी दिएका छन् ।

ट्विटरमा पोष्ट सेयर गर्दै वरुणले अहिले आफू पहिलेभन्दा निकै राम्रो महसुस गरिरहेको बताएका छन् । 

यससँगै बिस्तारै उनीहरुले आफ्नो जीवनशैलीमा पनि परिवर्तन ल्याइरहेको समेत जानकारी दिएका छन् ।

सोमवार आफ्नो स्वास्थ्यको बारेमा वरुणले पोस्टमा लेखेका थिए- 'मेरो स्वास्थ्यको बारेमा चिन्तित सबैलाई म भन्न चाहन्छु कि अहिले म पहिले भन्दा राम्रो महसुस गरिरहेको छु। म राम्रो स्वास्थ्यको लागि दिनहुँ योग, पौडी खेल्ने र जीवनशैली परिवर्तन गर्दैछु। सबैको आशीर्वादसँगै बिहानको सूर्यको किरण पनि स्वास्थ्यको लागि धेरै महत्त्वपूर्ण छ।'

भेस्टिबुलर हाइपोफंक्सन भित्री कानमा हुने रोग हो।  

धवनको बहुप्रतिक्षित फिल्म भेडिया नोभेम्बर २५ मा रिलिज हुँदैछ । फिल्ममा वरुणका अलावा अभिषेक बनर्जी र कृति सेनन पनि मुख्य भूमिकामा छन् ।  

salt training

कमेन्ट गर्नुहोस्