०५ साउन २०८३, मंगलबार

कोका–कोलाको विश्वकप क्याम्पेन 'ड्रिन्क–बिलिभ– विन' शुरू

कात्तिक २२, २०७९
कोका–कोलाको विश्वकप क्याम्पेन 'ड्रिन्क–बिलिभ– विन' शुरू

फिफा वल्र्डकपको माहोल नजिकिँदै गर्दा कोका–कोलाले आफ्ना फुटबल प्रेमी नेपाली उपभोक्ताहरूलाई लक्षित गरेर वल्र्डकप विशेष लेबल लन्च गरेको छ ।

'ड्रिन्क–बिलिभ–विन' नाम रहेको यस क्याम्पेन अन्तर्गत उपभोक्ताहरूले फिफा वल्र्डकप अफिसियल फुटबल, टिशर्ट, ज्याकेट जस्ता मर्कन्डाइजहरू जित्न सक्ने मौका पाउने कम्पनीले जनाएको छ । 

यस क्याम्पेनमा सहभागी हुनको लागि उपभोक्ताहरूले कोक बोतलको नयाँ फिफा वल्र्डकप लेबलमा भएको क्यूआर कोड स्क्यान गरेर लेबल पछाडि भएको युनिक कोड पठाउनुपर्ने हुन्छ । 

त्यस्तै कोक(स्पेस)(लेबल पछाडिको नम्बर)(स्पेस)(आफ्नो नाम)टाइप गरेर ३४९४९ मा पनि एस्एमएस् पठाउन सकिनेछ ।

यस्तै कम्पनीको वेबसाइट  www.coca-cola.com.np  मा गएर आवश्यक जानकारी लिएर पनि यस क्याम्पेनमा सहभागी हुन सकिने कम्पनीले जनाएको छ ।  

कम्पनीका अनुसार, कात्तिक १५ बाट शुरू भएको यो क्याम्पेन मंसिर २८ सम्म लागु हुनेछ ।

यो अफर लागु नहुने बोतलहरू पनि बजारमा उपलब्ध रहेका छन् ।

कम्पनीका अनुसार, पुरस्कार दावी गर्नको लागि आफुसँग भएको लेबल अनिवार्य रुपमा सुरक्षित राख्नुपर्ने हुन्छ । 

यो अफर २५० मिली, ५०० मिली, १ लिटर र २.२५ लिटरको कोका–कोला र कोका–कोला जिरो सुगरको खरिदमा प्राप्त गर्न सकिनेछ । 

नियम तथा शर्तहरु लागु हुने बताइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्