१७ असार २०८३, बुधबार

डिभोर्सपछि ‘जेरी’ले भनिन् – तिमीले दिएका हर आँसुको थोपालाई मोती बनाउने कोसिस गर्नेछु

कात्तिक २४, २०७९
डिभोर्सपछि ‘जेरी’ले भनिन् – तिमीले दिएका हर आँसुको थोपालाई मोती बनाउने कोसिस गर्नेछु

नेपाली लोकदोहोरी क्षेत्रको चर्चित जोडी बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीबीच सम्बन्धविच्छेद भएको छ ।

दुवैले बिहीवार काठमाडौं जिल्ला अदालत पुगेर वैवाहिक सम्बन्धलाई पूर्णविराम लगाएका हुन् ।

सम्बन्धविच्छेदपछि ‘जेरी’ले फेसबूकमा स्ट्याटस लेख्दै आफूहरू बिहीवारदेखि अलग भएको बताएकी छन् । उनले लेखेकी छन्, ‘दोष भाग्यलाई दिउँ कि परिस्थितिलाई ? मुटु जोगाउनकै लागि मुटुमा बसेको मान्छे हटाउनुपर्‍यो समयले । तिमीले दिएका हर आँसुको थोपालाई मोती बनाउने कोसिस गर्नेछु । आजबाट अलग भयौं ।’

बबिता र शंकरले केही वर्षको प्रेम सम्बन्धलाई ३ वर्षअघि विवाहमा परिणत गरेका थिए । बबिताले ‘चोट’ शीर्षकमा एक मार्मिक खालको गीत ल्याउने तयारी समेत गरेकी छन् । 

salt training

कमेन्ट गर्नुहोस्