
एकता कपुरले आफ्नो नयाँ फिल्म 'केटीना'बाट दिशा पटानीलाई हटाएकी छिन् ।
एकताले दिशालाई आफ्नो अव्यवसायिक व्यवहारका कारण फिल्ममा नराखेको बताइएको छ ।
एकताको यो फिल्म उनको जीवनमा आधारित छ ।
दिशालाई हटाएपछि अब एकता आफ्नो फिल्मका लागि नयाँ अनुहारको खोजीमा छिन् ।
स्रोतका अनुसार तारा सुतारिया र श्रद्धा कपूरलाई दिशाको रिप्लेसमेन्टको रुपमा हेरिएको छ ।
एकता कपुर उनको जीवनमा आधारित फिल्म 'केटीना' निर्देशन गर्न लागेकी छिन् ।
उनले यस फिल्मका लागि दिशा पटानीलाई कास्ट गरेका थिए ।
दिशाले फिल्मका केही दृश्यहरू पनि खिचेकी थिइन् तर दिशाको फिल्म बीचबाटै छाडिएको बताइएको छ ।
रिपोर्टका अनुसार एकताको प्रोडक्सन कम्पनी बालाजी मोसन पिक्चर्सका केही सदस्य र दिशा पटानीबीच केही कुरालाई लिएर विवाद भएको थियो ।
त्यसको समाधान हुन नसकेपछि एकताले दिशालाई आफ्नो फिल्मबाट हटाएकी हुन् ।