०७ साउन २०८३, बिहीबार

‘मनसँग मन’ माघ २० बाट रिलिज हुने, पोष्टरमा पललाई पनि स्थान

कात्तिक २५, २०७९
‘मनसँग मन’ माघ २० बाट रिलिज हुने, पोष्टरमा पललाई पनि स्थान

सौरभ इन्टरटेन्मेन्ट र बलाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्म ‘मनसँग मन’को प्रदर्शन मिति घोषणा गरिएको छ । 

कैलाश राईको निर्देशनमा तयार भएको यो फिल्मलाई अरुण तामाङले निर्माण गरेका हुन् । 

माघको २० गतेबाट फिल्म देशभर रिलिज हुने भएको निर्माणपक्षले जनाएको छ । निर्माण पक्षले एक पोष्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरेको हो । 

यो फिल्ममा अभिनेता पुष्प खड्का, अभिनेत्री वर्षा सिवाकोटी, कलाकारहरु वुद्दि तामाङ, महेन्द्र बगदास, चाँदनी प्रधान, सन्ते दाको अभिनय छ । 

फिल्ममा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको पनि विशेष भूमिका छ ।

सार्वजनिक पोष्टरमा हाल कारागार बिताइरहेका अभिनेता पललाई पनि समावेश गरिएको छ । 

फिल्ममा अर्जुन पोखरेल र अगोम गुरुङको संगीत, कमल राई र रामजी  लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन, अर्जुन जीसीको सम्पादन छ ।

फिल्मलाई लभ स्टोरी जनरामा निर्माण गरिएको हो । 

फिल्मको २ वटा गीत पनि निर्माणपक्षले सार्वजनिक गरिसकेको छ । 

यो फिल्म मंसिर २५ गतेबाट दिल्ली, गुजरात, आसाम लगायतका शहरमा पनि रिलिज गर्न लागिएको निर्माणपक्षले बताएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्