३१ असार २०८३, बुधबार

महालक्ष्मीमा विद्यार्थीका लागि दन्त शिविर

कात्तिक २५, २०७९
महालक्ष्मीमा विद्यार्थीका लागि दन्त शिविर
प्रतिकात्मक तस्वीर

सामुदायिक विद्यालय श्रीमहालक्ष्मी उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूको सुविधाका लागि १ दिने दन्त शिविर आयोजना गरिएको छ ।

नेपालको सामुदायिक सहयोग केन्द्रको आयोजनामा बेल्जियमको मेडोरा नामक गैरसरकारी सहयोगमा बिहीवार आयोजित शिविरमा नेपाल डेन्टल एसोसिएसनका अध्यक्ष डा. सुभित मास्केको नेतृत्वको १५ सदस्यीय टोलीले अध्यनरत ८०० विद्यार्थीमध्ये २७३ विद्यार्थीको दाँत परीक्षण गरी सामान्य उपचार उपचार समेत गरेको थियो ।

थप उपचार गर्नुपर्ने बिरामीलाई २५ प्रतिशत छुटमा कृष्ट मेडिकल कलेजमा उपचार गरिने भएको छ ।

यसअघि बेल्जियमका हास्य कलाकारद्वय ज्याक र उर्वेनले गीति शैलीमा दाँत माझ्ने तरिकाबारे छात्रछात्रालाई जानकारी गराउनुका साथै छात्र ब्रस र मन्जन पनि वितरण गरेका थिए । 

शिविरमा त्रिभुवन विश्वविद्यालयको इन्स्टिच्युट अफ मेडिसिन, लायन्स क्लब अफ नेपाल, श्रीमहालक्ष्मी एल्मुनाई एसोसिएसनले प्राविधिक तथा अन्य सहयोग उपलब्ध गराएको थियो । शिविरमा लायन्स क्लब अफ नेपालका मल्टिपल चेयर पर्सन लायन केशव पाण्डे र  मेडोराको प्रतिनिधि डा. अनिता लगायतले समन्वयात्मक भूमिका निर्वाह गरेका थिए ।

सो अवसरमा बेल्जियमबाट आएका वृत्तचित्रकारको टोलीले विद्यालयको गतिविधिका साथै नेपालको विविध सांस्कृतिक सम्पदाको विषयमा वृत्तचित्र बनाएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्