जेठ २२, २०८०
प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...
कात्तिक २६, २०७९
नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेल विगत १५ वर्षदेखि महोत्तरीको क्षेत्र नम्बर–१ बाट निर्वाचित हुँदै आएका छन् । २०६४ सालको पहिलो संविधानसभा, २०७० को दोस्रो संविधानसभा र २०७४ सालको प्रतिनिधिसभाका लागि निर्वाचित भएका पोखरेल चौथोपटक पनि आफ्नो भाग्य परीक्षण गरिरहेका छन् । पटकपटक मन्त्रीसमेत बनेका पोखरेलले आफ्नो निर्वाचन क्षेत्रमा विकासका अनेकौं परियोजना ल्याएकोमा जनस्तरमा प्रशंसा पनि हुने गरेको छ । तर, लामो समयदेखि एउटै व्यक्तिलाई निर्वाचित गरिरहेका मतदाताले यसपालि नयाँ अनुहारको खोजी गरिरहेको पनि देखिन्छ । यसै सन्दर्भमा लोकान्तरकर्मीहरू विन्देश दहाल र अजयअनुरागी पोखरेलसँग कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सारसंक्षेप :
बर्दिवासमा स्वतन्त्र र प्रतिपक्षी उम्मेदवारको लहर देखिएको हामीले पायौं । यसलाई कसरी लिनुभएको छ ?
यसबारेमा मलाईभन्दा अरूलाई सोध्नु राम्रो हुन्छ । म आफ्ना एजेन्डाहरू लिएर जनतामा गइरहेको छु । मैले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको छु । दुईपटक संविधानसभाका लागि र एकपटक प्रतिनिधिसभाका लागि म यस क्षेत्रबाट निर्वाचित भएको छु । संविधानको रक्षा, लोकतान्त्रिक पद्धतिको कार्यान्वयन, जनताको जनमतको सम्मान र राष्ट्रियताको जगेर्ना गर्न म साझा गठबन्धनको उम्मेदवारकोरूपमा आएको छु । हामी घरदैलो प्रक्रियामा छौं । मैले तपाईंको प्रश्नको उत्तर दिने भन्दा पनि जनतासँग सोध्नु राम्रो हुन्छ ।
तपाईंले जित्ने आधारहरू के–के हुन् ?
पहिलो कुरा, पाँचदलीय राष्ट्रिय गठबन्धन हो । माओवादीको १५ हजार जति भोट छ, ७ हजार नेपाली कांग्रेसको भोट छ, ५ हजार जति लोसपाको भोट छ । एकीकृत समाजवादीको पनि २ हजारभन्दा माथिको भोट छ । यो हामीले गत स्थानीय निर्वाचनमा प्राप्त गरेको मत हो ।
दोस्रो आधार, मेरो पार्टीको संगठन यहाँ पहिलेदेखि नै बलियो छ । तेस्रो, मैले यस क्षेत्रका जनताको भावनालाई मुखरित गरेर काम गरेको छु । म संविधानको हस्ताक्षरकर्ता मात्र हैन, मस्यौदा कमिटीमा बसेर २०७२ सालको संविधान बनाउने भूमिका खेलेको छु ।
मैले यसबीचमा महोत्तरीलाई शिक्षाको केन्द्र बनाउने काम गरेको छु । राष्ट्रिय महत्त्वका योजनाहरू छन् । अहिले निर्मल लामा प्राविधिक शिक्षालय खयरमारामा छ । त्यहाँ २६ जिल्लाका विद्यार्थीहरू पढिरहेका छन् । त्यहाँ सिक, कमाउ र तिर भन्ने अवधारणा राखिएको छ । मैले कोरियाली सरकारलाई धन्यवाद दिनुपर्छ । शिक्षालय बनाउनका लागि उनीहरूले १ अर्ब रुपैयाँभन्दा बढीको सहयोग गरेका छन् । यही क्षेत्रमा मधेश प्रदेशको मेडिकल कलेज पर्दछ । डीपीर तयार भएर, सोइल टेस्ट गरेर मास्टरप्लान बनिसकेको स्थितिमा निर्माणको काम शुरू गर्नेबेलामा अदालतमा मुद्दा पर्यो । अहिले त्यो काम रोकिएको छ । त्यो मधेश प्रदेशको सरकारी मेडिकल कलेज हो । त्यो ५०० बेडको छ । ३० अर्बमाथिको परियोजना हो त्यो ।
त्यसैगरी, गौशालामा मधेश प्रदेशकै सरकारी इन्जिनीयरिङ कलेज स्थापनाको क्रममा छ । यहाँ शिक्षाको केन्द्र बनाउनका लागि कार्यक्रमहरू विस्तार गरिएका छन् । काठमाडौं विश्वविद्यालयको होटल म्यानेजमेन्टको प्रोग्राम छ । कृषि वन विश्वविद्यालयको बीएससीको कायक्रम छ । सीटीईभीटी अन्तर्गत आयुर्वेदको पठनपाठन शुरू भएको छ । जिल्लाका अन्य ठाउँमा पनि, यस निर्वाचन क्षेत्रभन्दा बाहिर पनि प्राविधिक शिक्षाका कार्यक्रमहरू विस्तार भएका छन् । अरू धेरै महत्त्वपूर्ण विकास निर्माणका कार्यक्रमहरू गरिएको छ । म मन्त्री हुँदा होस् वा सांसद हुँदा होस्, जनतासँग गाँसिएर बसेको छु ।
आधारशिला भन्ने एउटा सामूहिक घर छ, म त्यहाँ बस्छु । अव्यवस्थित बसोबासको समस्या र भूमिहीनको पीडालाई नजिकबाट बुझेको छु । यिनै कुराहरू हुन् मेरो जीतका आधारहरू ।
दीर्घकालीन योजनाका कामहरू त गर्नुभयो तर जनताले प्रत्यक्ष महसुुस गर्ने ठोस काम गर्नुभएन भन्ने गुनासो व्यक्त भइरहेको छ नि ?
रातु भन्ने नदी छ महोत्तरीमा । त्यसका कटान, डुबानका समस्या छन् । त्यसको नदी उकास जमीन हजारौं बिघा निस्कियो । त्यसमा अहिले सेनाको शिक्षालय सञ्चालित छ । पकेट क्षेत्र बनाएर काम गर्ने योजनामा हामी छौं । बिजुली, बाटो, खानेपानी जस्ता कुराहरू पुर्याउनका लागि अधिकतम प्रयास गरिएको छ ।
क्षेत्र नम्बर १ का जनताले सरकारी कामका लागि टाढा जलेश्वर पुग्नुपर्थ्यो । अहिले सेवा केन्द्र स्थापना गरिएको छ । अहिले नापीका अफिसहरू त्यहीँ खोलिएको छ । सेवा प्रवाह त्यहीँ भइरहेको छ ।
१५ शय्याको एउटा अस्पताल बर्दिवासमा सञ्चालित छ । गौशालामा पनि प्राविधिक शिक्षाका कामहरू भइरहेका छन् । कोरोनाको बीचमा पीसीआर टेस्ट गर्ने व्यवस्था यहीँ भयो । हामी काममा लागिराखेकै छौं । जनताका आशा र अपेक्षा धेरै छन् । त्यो सत्य कुरा हो ।
जितेर जानुहुन्छ तर पाँच वर्षमा हामीलाई भेट्न आउनुहुन्न भनी जनताले गुनासो गरेका छन् । केही सीमित अगुवाहरू छन्, उनीहरूकै हालीमुहाली भयो, सर्वसाधारणको पहुँच नै भएन भनिरहेका छन् । कति एउटै मान्छेलाई जिताइरहने, नयाँ अनुहार आउनुपर्यो भन्दै लहर चलिरहेको रहेछ नि त ?
विकल्प छान्ने जनताको अधिकारको कुरा हो । म त्यसलाई सम्मान गर्छु । मलाई उहाँहरूले छानिसकेपछि म मन्त्री भएँ । मन्त्री भएकै कारणले राष्ट्रिय परियोजनाहरू ल्याउन सकियो । अबको २०–२५ वर्षपछि मेरो महत्त्व जनताले बुझ्नुहुन्छ । अर्को कुरा, मन्त्री भएपछि राष्ट्रिय महत्त्वका कुराहरूमा लाग्नुपर्ने हुन्छ । भनेजस्तो गरी जनताका माझमा गइरहन नसकिँदो रहेछ ।
यसपटकको कार्यकालमा कोरोना जस्तो महाविपत्ति हामी सबैले भोग्यौं । सबैजना घरघरैमा बस्नुपर्यो, सेनिटाइजर उपयोग गर्नुपर्यो, भौतिक दूरी कायम गर्नुपर्ने स्थिति रह्यो । मलाई बोलाइकन भेट्ने स्थिति त्यतिखेर थिएन । तर, विपतको बैठकमा म उपस्थित थिएँ । मान्छेको मृत्यु भएपछि म फील्डमा पुगेको थिएँ । राज्यको तर्फबाट सहयोग दिलाउने काम गरेको थिएँ ।
अर्को कुरा, केपी ओलीले संसद् भंग गरेपछि मैले मन्त्री पदबाट राजीनामा दिएँ । राजनीतिक संकट आयो, संसद् ब्युँताउनुपर्यो, संविधानको रक्षा गर्नुपर्यो । हाम्रो प्राथमिकता संसद्को पुनःस्थापनातिर गयो ।
जनप्रतिनिधि र जनताको बीचमा सम्बन्ध जीवित राख्नको लागि नयाँ ढंगको सम्पर्क प्रणाली बसाल्नुपर्छ भन्ने अनुभव मलाई तपाईंले जनताको कुरा राख्दाखेरी भएको छ । मलाई मतदाताले पुनः जिताउनुभयो भने जनताको सिधा पहुँच मसँग हुनेछ ।
तपार्ईंले गठबन्धनको कुरा गर्नुभयो तर तपार्ईंकै पार्टीभित्र पनि असन्तुष्टि छ भन्ने कुरा आयो । तपाईंले बर्दिवास नगरपालिकामा आफ्नै पार्टीका मेयर पदका उम्मेदवार राजु खड्कालाई हराउन भूमिका खेल्नुभएको भन्ने गुनासो छ नि । अनि कांग्रेसको कुरा गर्नुभयो । त्यहाँ त कांग्रेस एकप्रकारले शून्य नै जस्तो अवस्थामा छ ।
एकदम गलत कुराहरू हुन् । यी तथ्यहरूसँग मेल खाँदैनन् । स्थानीय निर्वाचनका विषयमा पार्टीले टंक राईको संयोजकत्वमा अनुशासन समिति बनाएको छ । विगतमा गरिएका गल्ती कमजोरीको छानबिन हुन्छ । अहिले हामी पार्टीका सबै नेता कार्यकर्ताहरू परिचालित भइरहेका छौं । नेपाली कांग्रेसका नेता वसन्त गुरुङ र सीताराम भण्डारी लाग्नुभएको छ । केन्द्रीय सदस्य कल्याण गुरुङ र चिरञ्जीवी हमाल पनि लागिरहनुभएको छ । तपार्ईंले कांग्रेसका साथीहरूलाई यसबारेमा सोध्नुभयो भने राम्रो हुन्छ ।
स्थानीय निर्वाचनमा कांग्रेसका उम्मेदवारले पाउनुभएको भोट यसपालि गठबन्धनलाई जान्छ । मैले सामाजिक सञ्जालमा आएको समाचार हेर्दा पनि कथित स्वतन्त्र भनिएकाहरू पनि धमाधम पार्टीतिर फर्किरहेको पाउँदैछु । गठबन्धन एकढिक्का भएर संयुक्त सभाहरू गर्दै आएका छौं ।
गौशालामा एमालेका उम्मेदवार लक्ष्मी महतो अनि उनका छोरा जसपाबाट त्यहाँ मेयर जितेका । अहिले एमाले–जसपाको पनि गठबन्धन छ । अधिकतम मत महतोमा जाने सम्भावना रहेको भनिरहेका छन् मान्छेहरूले ।
मान्छेहरूले आआफ्नो ढंगले आकलन गर्छन् । टिकटका लागि रातारात पार्टी छोड्ने प्रवृत्तिबारे गौशालामा राम्रो बहस उठेको छ । गएको स्थानीय निर्वाचनदेखि अहिलेसम्म आउँदा गरेको कामका बारेमा पनि थुप्रै प्रश्नहरू उठेको हामीले पाएका छौं । गौशाला पहिले नै महत्त्वपूर्ण व्यापारिक केन्द्रका रूपमा विकसित भएको ठाउँ हो । गौशालाले जातीय आधारमा भोट दिन्छ भन्ने कुरा पनि म मान्दिनँ । परिवर्तन, लोकतन्त्र र राष्ट्रियताको पक्षमा मतदाता उभिन्छ । यो प्रतिनिधिसभाको चुनाव हो । संसदमा गएर कसले भूमिका खेल्छ भन्ने कुरा त्यहाँका जनता आफैंले विचार गर्छन् ।
बुद्धिजीवीहरू त तपाईंले काम गर्नुभएको छ भन्नुहुन्छ । तर, कतिपयले अब नयाँ व्यक्तिलाई पनि मौका दिनुपर्छ भनिरहेका छन् । बर्दिवासकै स्थानीय मान्छे आउनुपर्यो भन्दैछन् नि ?
म महोत्तरीको बर्दिवासमा आधारशिला भन्ने घरमा बस्छु । मेरो स्थायी परिचय नै महोत्तरी हो । यस्तो बेलामा बाहिरको र भित्रको अनि भेगीय कुरा पनि उठाउँछन् । हामी त्यसमा सचेत हुनुपर्छ । यस क्षेत्रलाई विकासको काम गरेर माथि उठाउनुपर्नेछ । म तीनपटक यसै क्षेत्रबाट विजेता भएको छु, त्यत्तिकै जनताले मलाई माथि लाँदैन ।
अहिले मसँग अनुभव छ । मलाई उहाँहरूले जिताएको कारणले पटकपटक मन्त्री भएको अनुभव छ । संसदमा प्रमुख सचेतकका रूपमा काम गरेको अनुभव छ । संसारका अरू ठाउँमा हेर्नुभयो भने नयाँ को, पुरानो को भन्ने बहस म त्यति देख्दिनँ ।
संसदमा गएको पहिलो दिनदेखि काम गर्ने अनुभव मसँग छ । राष्ट्रिय महत्त्वका योजनाहरू ल्याइएको छ, तिनलाई कार्यान्वयन गरेर देशको कायापलट गर्ने सोचसहित म छु । एउटा नयाँ मान्छेलाई सिक्न समय लाग्दछ । म अनुभवी छु भनेपछि अब मतदाताले निर्णय गर्ने हो कसलाई छान्ने भनेर ।
प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...
नेकपा एमालेको समर्थनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि देशको राजनीतिले नयाँ कोर्स लिएको छ । तर, नयाँ प्रधानमन्त्रीले विश्वासको मत नलिँदै सरकार गिराउने खे...
नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ । माओवादीको विधा...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणबाट फर्किएको केही दिनमै पशुपतिनाथ मन्दिरमा पुगेको विषय अहिले सर्वत्र चर्चामा छ । त्यसो त भारत भ्रमणमै छँदा प्रचण्डले गेरुवस्त्र लगाएर उज्जैनस्थित महाकालेश्वर...
वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...
बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...