०६ साउन २०८३, बुधबार

जब शाहरुखलाई भन्सारमा रोकियो...

कात्तिक २६, २०७९
जब शाहरुखलाई भन्सारमा रोकियो...

बलिउड अभिनेता शाहरुख खानलाई भन्सारले ७ लाख जरिवाना गरेको छ ।

विमानस्थलमा तैनाथ एयर इन्टेलिजेन्स युनिटको स्रोतलाई उदृत गर्दै भारतीय मिडियाले खबर लेखेका छन् । 

शाहरुख खान शुक्रवार राति शारजाहबाट फर्किंदै गर्दा मुम्बई एयरपोर्टमा करिब एक घण्टाको लागि भन्सारले रोकेको बताइएको छ ।

चेकजाँचका क्रममा शाहरुखसँग महँगो घडीहरूको कभर भेटिएको बताइएको छ । 

यी कभरहरूको लागत लगभग १८ लाख भारतीय रुपैयाँ थियो । तर यसको भन्सार तिरिएको थिएन ।

सोही कारण साहरुखलाई करिब ६ लाख ८३ हजार भारतीय रुपैयाँ भन्सार तिर्न भनिएको थियो । 

रिपोर्टहरूमा यो पनि भनिएको छ कि शाहरुख र उनको सम्पूर्ण टोलीलाई नियम उल्लङ्घनको आरोपमा मुम्बई एयरपोर्टमा भन्सार विभागका अधिकारीहरूले सोधपुछ गरेका थिए ।

करिब एक घण्टापछि शाहरुख र उनको म्यानेजर पूजा ददलानी एयरपोर्टबाट बाहिर निस्किएका थिए । 

 
 

salt training

कमेन्ट गर्नुहोस्