बलिउडका चर्चित अभिनेता आमिर खानले 'च्याम्पियन्स'को निर्माण गर्ने भएका छन् ।
उनी फिल्मको निर्माता टिममा समावेश भएका हुन् ।
उनले नयाँ फिल्म 'च्याम्पियन्स'को निर्माता बनेको जनाएका छन् ।
हालै "लाल सिंह चड्ढा" मा अभिनय गरेका थिए ।
उनले च्याम्पियन्सको स्क्रिप्ट निकै सुन्दर खथा भएको बताएका छन् ।
उनले यसपछि भने आफूले विश्राम लिन चाहेको सुनाएका छन् ।
उनले भनेका छन्,'म विश्राम लिन चाहन्छु। म मेरो परिवारसँग हुन चाहन्छु, म मेरी आमा र मेरा बच्चाहरूसँग रहन चाहन्छु ।'