×

NMB BANK
NIC ASIA

आम चुनाव-२०७९

ग्राउण्ड जिरो गुल्मी–२ : गोकर्ण र रामकुमारीको ‘नेक टु नेक’ प्रतिस्पर्धा

कात्तिक २९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

२०७४ को चुनावमा गुल्मी–२ बाट गोकर्ण विष्टलाई चुनाव जिताउने अभियानको अग्र पंक्तिमा थिइन् रामकुमारी झाँक्री । तर, अहिले उनै गोकर्णलाई पराजित गर्नुपर्ने जिम्मेवारीसहित चुनावी ब्याटलमा उत्रिएकी छन् उनी । 

Sagarmatha Cement
Muktinath Bank

कुनै समय यस्तो थियो, गुल्मीमा मात्रै होइन राष्ट्रिय राजनीतिमै गोकर्ण रामकुमारीको पनि नेता थिए । नेकपा एमालेमा उनीहरूको विचार समूह एउटै थियो । तर, अहिले अवस्था यस्तो बन्यो कि दुवै जना एक अर्काको अस्तित्व मेटाउने प्रतिस्पर्धामा छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमाले अध्यक्ष केपी ओली र पुष्पकमल दाहालको व्यक्तित्वको टकरावले तत्कालिन नेकपाभित्र सिर्जित बिग्रह नेकपा विभाजनपछि एमालेमा पनि रह्यो । त्यसबेला विष्टले अध्यक्ष ओलीको कार्यशैली र व्यवहारको विरोध गरे । रामकुमारीले उनै गोकर्णलाई सघाइन् । 


Advertisment
Nabil box
Kumari

गत वर्ष भदौमा एमाले विभाजन भयो । गोकर्णले निर्णय फेरे । रामकुमारी भने आफ्नै  विचार समुहमा रहिन् । दुई नेता दुई फरक पार्टीमा भए र अहिले चुनावी प्रतिस्पर्धाका लागि मैदानमा छन् । उनीहरूबीचको चुनावी प्रतिस्पर्धा पनि उत्तिकै पेचिलो बनिरहेको छ । 

Vianet communication
Laxmi Bank

गुल्मी–२ बाट गोकर्णलाई तीन पटक चुनाव जिताउनुमा रामकुमारीको पनि  प्रत्यक्ष भूमिका छ । तर, यस पटक उनै रामकुमारीको काँधमा कार्यदेश छ– गोकर्णलाई हराउनु । 

२०६४ मा एक पटक मात्रै चुनाव हारेका गोकर्णसँग चुनावी प्रतिस्पर्धामा रहेकी रामकुमारीको संसदीय चुनावी प्रतिस्पर्धाको अनुभव यो नै पहिलो हो । 

एमालेका केन्द्रीय सचिव रहेका गोकर्ण पटक–पटक मन्त्री भएका छन् भने एकीकृत समाजवादीको केन्द्रीय सचिव रहेकी रामकुमारीले करिब ९ महिना मन्त्री भएर काम गरेको अनुभव छ ।

गुल्मी–२ मा युवा र नयाँ उम्मेदवार आवश्यक रहेको भन्दै रामकुमारीले आक्रामक चुनावी प्रचार गरिरहेकी छिन् । उनलाई सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको समर्थन छ ।

एमालेका उम्मेदवार गोकर्ण विष्ट पनि मतदाताबीचमा उत्तिकै बेगका साथ पुगिरहेका छन् । 

रेसुङगा नगरपालिका वडा नम्बर–२ बाघमारेका सुर्यबहादुर नेपाली गुल्मी–२ मा गोकर्णले पहिल्यैदेखि राम्रो काम गरेकाले अहिले पनि उनको अवस्था मजबुत रहेको बताउँछन् । उनले भने, ‘विजुली, बाटोघाटो, पुन बनाउनेखि तम्घास पश्चिमको विकासको विष्टको ठूलो देन छ । उहाँप्रति हाम्रो सहानुभूति छ ।’ जनतालाई आधारभूत आवश्यकता दिलाउने काम गोकर्णले गरेको नेपालीले बताए । 

गुल्मी सिमलटारीका सञ्जय जिसीले तम्घास बजार क्षेत्रतिरमा गोकर्ण र इम्सा, सिमलटारी र फूलबारीतिर रामकुमारीको चर्चा बाक्लो रहेको बताए । 

जिसी भने गोकर्ण र रामकुमारीमध्ये कसलाई भोट दिने भन्ने अन्योलमै छन् । ‘दुवै उम्मेदवार विकासप्रेमी, सरल र युवा छन् । गोकर्ण विष्टले पनि राम्रो काम गर्नुभएको छ । रामकुमारी पनि राम्रो गर्छु भनेर आउनुभएको छ । कसलाई मत दिने अहिल्यै टुंगो गरिसकेको छैन’, जिसीले भने ।

रेसुङगा उदिनढुंगाका तिलकराम पन्थीलाई निर्वाचनप्रति खासै उत्साह छैन तर, चुनावबाट योग्य व्यक्ति छानिनुपर्ने पक्षमा छन् । ‘अघिल्लो निर्वाचनमा गोकर्णलाई भोट हालेको हुँ, अहिले रामकुमारीको चर्चा बाक्लो छ’, उनले भने ।

तम्घास नजिकै प्रकाश किराना पसल सञ्चालन गर्दै आएका कृष्ण कुँवर विकास र पूर्वाधारका क्षेत्रमा काम गरेकोले गोकर्ण ‘क्रेज’ मतदातामा स्थापित भएको बताउँछन् । 

मालिका गाउँपालिका वडा नम्बर–६ कि तारा महतले गोकर्ण विष्ट जनताको मन मनमा बसेकोले जित निश्चित रहेको दावी गर्छिन् । 

‘विकास निर्माण र पूर्वाधारले गुल्मी फड्को मारेको छ । क्षेत्र नम्बर–२ को रूप बदलिएको छ’, उनले भनिन् ।

तम्घास भण्डारी टोलका चोमप्रसाद भण्डारी भने प्रतिस्पर्धाका हिसाबले दुवै नेता बराबर देख्छन् । ‘विकासमा गोकर्णको नाम जोडिए पनि रामकुमारीप्रति पनि धेरैको आशा छ । नेताहरु काठमाडौंमुखी भए जिल्ला गाउँमा फर्किएनन्’ भण्डारीले भने । 

अर्खलेकी पार्वती गौतम भने नेताहरूप्रति आक्रोशित छन् । नेताहरू आफू धनी हुने तर, युवाहरू भने रोजगारीकै लागि विदेशिनुपर्ने अवस्था रहेको उनले बताइन् । 

उनी भन्छिन्, ‘युवालाई खाडी नगई सुख छैन । को नेताले जितेर आए पो के हुन्छ र ? तर, महिला पनि भएकोले रामकुमारीले जिते हुन्छ जस्तो मलाई लाग्छ ।’ 

गोकर्ण विष्ट भने मदन भण्डारी मध्यपहाडी लोकमार्ग गुल्मीमा ल्याउन ठूलो महेनत गरेको दावी गर्छन् । उनले भने, ‘राजमार्गसँगै शिक्षा, स्वास्थ्य, रोजगारी, खेलकुद, विद्युत र फुसका छानामुक्त बनाउन जिल्लामा ठूला योजना ल्याएर काम गरेको छु । जनताका पक्षमा काम गर्ने नेता सधै मन मुटुमा रहन्छ ।’

गोकर्णसँग ‘नेक टु नेक’ प्रतिस्पर्धामा रहेकी रामकुमारी पनि गुल्मी–२ को एकीकृत र योजनावद्ध विकासका लागि आफ्नो जीत आवश्यक रहेको दावी गर्छिन् । ‘परिवर्तन नारामा मात्र नभई, व्यवहारमा देखाउन मैले जित्न आवश्यक छ । मतदाताले पनि मलाई विश्वास गरेका छन्’, रामकुमारीले भनिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x