
महानायक राजेश हमाललाई नगद १ लाख राशिसहित ‘महानायक सम्मान’ गरिने भएको छ ।
चौथो एपिक नेपाल म्युजिक अवार्ड २०७९ मा महानायक हमाललाई सम्मान प्रदान गर्न लागिएको हो ।
भक्तपुरको सूर्यविनायक नगरपालिका र मध्यपुर थिमि नगरपालिका–४ को सहकार्यमा प्रियसी म्युजिक प्रालिले अवार्डको आयोजना गर्दै आएको छ । माघको पहिलो हप्ता अवार्ड वितरणसँगै महानायक हमाललाई सम्मान प्रदान गरिने आयोजकले जनाएको छ ।
अवार्डको केही हप्ताअघिदेखि फाराम खुला गरिएको छ । नेपाली लोक गीत संगीतको क्षेत्रमा क्रियाशील एवं नवप्रतिभाका सर्वोकृष्ट रचनाहरूका साथै आधुनिक, पप, लोकपप, पर्व विशेष, काठे र देउडा गीतहरूलाई अवार्ड प्रदान गर्ने गरिएको छ ।
