×

NMB BANK
NIC ASIA

श्रम मन्त्रालयले भन्यो – बिचौलियाको पछि नलाग्नूस्

कात्तिक ३०, २०७९

NTC
Premier Steels

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारसँग सम्बन्धित सम्पूर्ण सेवा अनलाइनबाट लिन सकिने बनाइएको जनाउँदै विचौलियाका पछि नलाग्न सम्पूर्णमा आग्रह गरेको छ ।  

Muktinath Bank

मन्त्रालयले बुधवार एक विज्ञप्ति जारी गर्दै अनलाइनमार्फत प्राप्त हुने सेवाका लागि भौतिक रूपमा कार्यालयमा उपस्थित भई भीडभाड गर्ने र अनावश्यक समस्या सिर्जना गर्ने काममा संलग्न नहुन तथा सेवा प्रवाहका क्रममा बिचौलिया वा अन्य कुनै व्यक्तिको प्रभावमा नपर्न आग्रह गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्रालयका सहप्रवक्ता डा. थानेश्वर भुसालले सेवा प्रवाह हुने निकायबाट अनलाइन माध्यमबाट नै सबै प्रकारका सेवा आ–आफ्नो स्थानबाट प्राप्त गर्न सबै सेवाग्राहीमा अनुरोध गरे । हाल सेवाग्राहीको नाममा बिचौलिया कार्यस्थलमा प्रवेश गरी कर्मचारीलाई कार्यसम्पादनमा असर गर्ने, विधि र प्रक्रिया नमिलेका काम गर्न अनेकन दबाब दिने, प्रलोभनमा पार्न प्रयत्न गर्ने र आफ्नो निहित स्वार्थ पूरा नहुँदा कार्यालयको काम कारबाहीप्रति नकारात्मक टिप्पणी गर्ने प्रवृत्ति बढेको मन्त्रालयले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार कार्यालयबाट प्रवाह गरिने सबै सेवा अनलाइन प्रणालीमा आबद्ध गरिएको उनले जानकारी दिए । सरकारले यी निकायबाट सेवा प्राप्त गर्न स्वदेश तथा विदेशमा रहेका सेवाग्राही विभाग वा कार्यालयमा भौतिक रूपमा उपस्थित हुनु नपर्ने गरी व्यवस्था मिलाएको छ । कानूनबमोजिम लाग्ने दस्तुर अनलाइन प्रणालीबाटै भुक्तानी गर्ने व्यवस्था गरिएको छ । 

Vianet communication

वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार कार्यालयबाट हुने सेवा प्रवाहको मन्त्रालयस्तरबाट निरन्तर प्रणालीमार्फत तथा स्थलगतरूपमा अनुगमन भइरहेको सहप्रवक्ता भुसालले जानकारी दिए । 

मन्त्रालयको उच्च व्यवस्थापन समूहको बैठकमा विभागीय प्रमुख समेतको उपस्थितिमा सेवा प्रवाह र गुनासो सम्बोधन सम्बन्धमा सघनरुपमा छलफल गरी सोको निराकरण गर्ने व्यवस्था गरिएको उनको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १९, २०८१

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम तथा रोजगारसँग सम्बन्धित ‘श्रमदान’ योजना घोषणा गरेको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री डोलप्रसाद अर्...

मंसिर ८, २०८०

नेपाली सेनाले विभिन्न रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले शुक्रबार सूचना जारी गर्दै सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूमा दरखास्त आह्वान गरेको हो ।  खुला तथ...

मंसिर २२, २०८०

नेपाली सेनाले रिक्त पद पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय जंगी अड्डाले सूचना प्रकाशित गर्दै रिक्त पदमा आवेदन आह्वान गरेको हो ।  सूचनामा उल्लेख भएअनुसार प्राविधिक र विविध सेवातर्...

कात्तिक २७, २०८०

ओखलढुंगा पलापुका तुलबहादुर माझी सोमवार दिउँसो हतार-हतारमा थिए । आफ्नी बहिनीसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका उनी ओमान जाँदै थिए ।  तिहारको मध्य दिनमा देश छाड्नु पर्दा न दिदीबहिनी खुशी थि...

पुस १३, २०८०

 पानीजहाज निर्माण क्षेत्रमा आवेदन गरेका परीक्षार्थीले उत्पादन क्षेत्रको भाषा परीक्षामा पनि निवेदन दिन पाउने भएका छन् । वैदेशिक रोजगार विभागले आज एक सूचना जारी गरी उक्त व्यवस्था भएको जनाउँदै आवेदन बुझाउने म्...

मंसिर १६, २०८०

काठमाडौं महानगरपालिकाले करारमा २३० जना सुपरिवेक्षक तथा गणक माग गरेको छ । गरिब घरपरिवार पहिचानका लागि तथ्यांक संकलन गर्न सुपरिवेक्षक तथा गणक माग गरिएको महानगरले जनाएको छ ।  काठमाडौं महानगरभित्र ग...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x