०१ साउन २०८३, शुक्रबार

अल्लु अर्जुन क्रेज : 'पुष्पा २' को अपडेट माग गर्दै भारतका विभिन्न शहरमा प्रदर्शन

मंसिर १, २०७९
अल्लु अर्जुन क्रेज : 'पुष्पा २' को अपडेट माग गर्दै भारतका विभिन्न शहरमा प्रदर्शन

पछिल्लो समय दक्षिण भारत र बलिउडमा अभिनेता अल्लु अर्जुनको चर्चा चुलिँदो छ ।

अल्लु अर्जुनको मूख्य भूमिका रहेको फिल्म 'पुष्पा'ले अत्याधिक सफलता पाएसँगै उनको चर्चा चुलिएको हो । 

यतिखेर अल्लु अर्जुन पुष्पा २ को शुटिङमा व्यस्त छन् । 

उनका फ्यानहरूले भने ' पुष्पा २' को अपडेट माग राख्दै सडकमा प्रदर्शन गरेका छन् ।

अहिले सामाजिक सञ्जालमा केही तस्वीर भाइरल भइरहेका छन् जसमा फ्यानहरूले हातमा पोस्टर ब्यानर लिएर 'पुष्पा २' को अपडेटको माग गरिरहेका छन् ।

भारतका चलचित्र समीक्षक तथा व्यापार विश्लेषक रमेश बालाले आफ्नो सोशल मिडियामा एक तस्वीर पोस्ट गरेका छन् । 

जसमा अल्लु अर्जुनका फ्यानहरू हातमा ब्यानर लिएर उभिएका देखिन्छन्।

ब्यानरमा लेखिएको छ– ‘पुष्पा २ अपडेटको माग गर्दछौं ।'

कर्नाटक, महाराष्ट्र, केरला र यूएई जस्ता स्थानहरूमा उनका फ्यानहरू पुष्प २ को अपडेटको माग गर्दै सडकमा उत्रिएका छन्। 

रमेश बालाले तस्विरको क्याप्शनमा लेखेका छन्, 'पुष्पा द राइजको सफलतापछि अल्लु अर्जुनका बेचैन फ्यानहरू फिल्मको सिक्वेलको अपडेटको माग गर्दै सडकमा उत्रिएका छन्। यस्तो उत्साह सायद पहिले कहिल्यै देखिएको थिएन।'

‘पुष्पा २’ अर्को वर्ष हलमा आउने अनुमान गरिएको छ । फिल्मको बजेट करिब ४५० करोड रहेको बताइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्