०२ साउन २०८३, शनिबार

प्रधानमन्त्री बालेनले गरे ३ वटा प्रज्ञा प्रतिष्ठानको सिफारिस समितिमा ६ जना मनोनीत

साउन १, २०८३
काठमाडौं
प्रधानमन्त्री बालेनले गरे ३ वटा प्रज्ञा प्रतिष्ठानको सिफारिस समितिमा ६ जना मनोनीत
फाइल फोटो

​​प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले तीन वटा प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा सभा सदस्यहरूको नाम सिफारिस गर्न गठित सिफारिस समितिका सदस्यहरू मनोनीत गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री शाहले नेपाल प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ दफा ८ (१) (ख) सिफारिस समिति सदस्यहरू नारायणप्रसाद ढकाल (काठमाडौं) र अर्चना थापा (ललितपुर)लाई मनोनयन गरेका हुन् ।

प्रधानमन्त्री बालेनले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ दफा, ८ (१) (ख) बमोजिम बत्सगोपाल वैद्य (ललितपुर) र लोकबहादर चित्रकार (ललितपुर)लाई मनोनयन गरेका छन् । 

साथै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ दफा ८ (१) (ख) अनुसार सिफारिस समिति सदस्यमा लोचन रिजाल (पाँचथर) र अनुप बराल (कास्की)लाई मनोनयन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्