×

NMB BANK
NIC ASIA

आम चुनाव-२०७९

चुनावी घरदैलोमा गगन थापाको ‘रफ्तार’ [फोटो/भिडियो]

मंसिर १, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज राती १२ बजेबाट स्थिर समय (मौन अवधि)लागु हुँदैछ । यो समय शुरू भएसँगै निर्वाचन प्रचारप्रसार गर्न पाइँदैन् । 

Muktinath Bank

यतिबेला उम्मेद्वारहरु चुनावी प्रचारप्रसारको अन्तिम समयमा छन् । बिहानैदेखि राती अबेरसम्म उनीहरुलाई घरदैलो र चुनावी सभामामा पुग्न भ्याइनभ्याई छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हिजो (बुधबार)बेलुका बुढानिलकण्ठ नगरपालिका वडा नं. १२ मा पुग्दा कांगे्रस महामन्त्री गगन थापा चुनावी प्रचारका लागि घरदैलो कार्यक्रममा तीब्र ‘रफ्तार’मा थिए । काठमाडौं–४ बाट प्रतिनिधिसभा सदस्य उम्मेद्वार रहेका थापाले बुधबार दिनभर कपन क्षेत्रमा घरदैलो गरेका थिए । 


Advertisment
Nabil box
Kumari

अगाडि घरदैलोको ब्यानर, निधारमा रातो टिका र गलामा माला पहिरिएका गगन थापा त्यसपछाडि दर्जनौं कार्यकर्ता, उनीहरूको हातमा पार्टीको झण्डा, चुनावी गीतमा बीचबीचमा महिलाहरूको नाँच । गगनको प्रचारात्मक हिडाईं भने निकै ‘रफ्तार’मा थियो । 

Vianet communication
Laxmi Bank

गगन गल्ली–गल्ली प्रवेश गरेर घर–घरमा पुग्थे । कति मतदाताहरुले अविर र फूलमालाले स्वागत गर्थे । कतिले घरको छतबाटै हात हल्लाउँथे । कतिले फोटो र भिडियो खिचिरहेको देखिन्थे । लोकान्तरले आधा घण्टा उनलाई पछ्याउँदा उनले धेरैवटा गल्ली र दर्जनौं घरमा चुनावी प्रचार गरी भोट माग्न भ्याएका थिए । काठमाडौं–४ मा गगन थापासँग नेकपा एमालेकोतर्फबाट राजन भट्टराई प्रतिस्पर्धामा छन् । 

तस्वीरमा हेर्नुहोस् घरदैलोमा गगनको रफ्तार

भिडियाेमा हेर्नुहाेस् गगन थापाकाे घरदैलाे रफ्तार-
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x