![चुनावी घरदैलोमा गगन थापाको ‘रफ्तार’ [फोटो/भिडियो]](https://lktcdn2.prixacdn.net/media/Gagan_Thapa4_Q1cFfYUOi0.png)
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज राती १२ बजेबाट स्थिर समय (मौन अवधि)लागु हुँदैछ । यो समय शुरू भएसँगै निर्वाचन प्रचारप्रसार गर्न पाइँदैन् ।
यतिबेला उम्मेद्वारहरु चुनावी प्रचारप्रसारको अन्तिम समयमा छन् । बिहानैदेखि राती अबेरसम्म उनीहरुलाई घरदैलो र चुनावी सभामामा पुग्न भ्याइनभ्याई छ ।
हिजो (बुधबार)बेलुका बुढानिलकण्ठ नगरपालिका वडा नं. १२ मा पुग्दा कांगे्रस महामन्त्री गगन थापा चुनावी प्रचारका लागि घरदैलो कार्यक्रममा तीब्र ‘रफ्तार’मा थिए । काठमाडौं–४ बाट प्रतिनिधिसभा सदस्य उम्मेद्वार रहेका थापाले बुधबार दिनभर कपन क्षेत्रमा घरदैलो गरेका थिए ।
अगाडि घरदैलोको ब्यानर, निधारमा रातो टिका र गलामा माला पहिरिएका गगन थापा त्यसपछाडि दर्जनौं कार्यकर्ता, उनीहरूको हातमा पार्टीको झण्डा, चुनावी गीतमा बीचबीचमा महिलाहरूको नाँच । गगनको प्रचारात्मक हिडाईं भने निकै ‘रफ्तार’मा थियो ।
गगन गल्ली–गल्ली प्रवेश गरेर घर–घरमा पुग्थे । कति मतदाताहरुले अविर र फूलमालाले स्वागत गर्थे । कतिले घरको छतबाटै हात हल्लाउँथे । कतिले फोटो र भिडियो खिचिरहेको देखिन्थे । लोकान्तरले आधा घण्टा उनलाई पछ्याउँदा उनले धेरैवटा गल्ली र दर्जनौं घरमा चुनावी प्रचार गरी भोट माग्न भ्याएका थिए । काठमाडौं–४ मा गगन थापासँग नेकपा एमालेकोतर्फबाट राजन भट्टराई प्रतिस्पर्धामा छन् ।
तस्वीरमा हेर्नुहोस् घरदैलोमा गगनको रफ्तार








भिडियाेमा हेर्नुहाेस् गगन थापाकाे घरदैलाे रफ्तार-