माघ ८, २०७९
बलिउड अभिनेत्री रविना टण्डनकी छोरी राशाले डेब्यु फिल्म साइन गरेकी छन्। अभिषेक कपुरको फिल्ममा राशा अभिनेता अजय देवगनका भतिजा अमन देवगन अपोजिटमा देखिनेछिन् । फिल्ममा अजय देवगन पनि पहिले कहिल्यै नद...
काठमाडाैं | मंसिर २, २०७९
जीतु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको फिल्म ‘ह्यारी की प्यारी’ माघ २० गतेदेखि प्रदर्शनमा आउने भएको छ ।
निर्माण टीमद्वारा शुक्रवार फिल्मका ३ वटा पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो ।
पोस्टरमा जीतु र साम्राज्ञी हर्षित र रोमान्टिक मूडमा देखिएका छन् । जीतु र साम्राज्ञीको रोचक केमेस्ट्रीले फिल्मप्रति उत्सुकता जगाउने देखिन्छ ।
हास्य कथावस्तुमा निर्माण भएको ‘ह्यारी की प्यारी’मा डा. कपिल रिजालको लेखन एवं निर्देशन छ । बीआर प्रोडक्सनको प्रस्तुती निर्माण भएको फिल्ममा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको पनि अभिनय छ ।
अभिनेत्री रेखा थापाको विशेष भूमिका फिल्ममा हेर्न सकिने निर्माण टीमले जनाएको छ । निर्देशक रिजालकै प्रस्तुति रहेको फिल्ममा पटकथा र संवाद उनीसँगै सुदीप बराल, गिरीराज घिमिरे, डाक्टर रिजाल, अभिमन्यू निरवीले लेखेका हुन् । डा. भोला रिजालका छोरा दन्त चिकित्सक रहेका रिजालले फिल्मबाट निर्देशनमा डेब्यू गर्दैछन् ।
फिल्ममा डा. भोला रिजालको गीत रचना, शिखर सन्तोष र युग भुसालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशीको गायन र कविराज गहतराजको कोरियाग्राफी रहेको छ । सुदीप बरालको छायांकन रहेको फिल्ममा सम्पादनको जिम्मेवारी अर्जुन जिसीको काँधमा छ ।
बलिउड अभिनेत्री रविना टण्डनकी छोरी राशाले डेब्यु फिल्म साइन गरेकी छन्। अभिषेक कपुरको फिल्ममा राशा अभिनेता अजय देवगनका भतिजा अमन देवगन अपोजिटमा देखिनेछिन् । फिल्ममा अजय देवगन पनि पहिले कहिल्यै नद...
भारतीय सञ्चारमाध्यम डीएनएको एक खबरअनुसार, बलिउड सुपरस्टार शाहरुख खानको पठान फिल्मले विश्वभरिको बक्स अफिसबाट दुई दिनमा २३० करोड भारु कमाउन सफलता पाएको छ । यसअघि सलमान खानको सुल्तानले तीन दिनमा २१०...
छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आउँदो चैत्र २ गतेदेखि ६ गते (मार्च १६ देखि २०) सम्म हुनेभएको छ । बुधवार काठमाडौंमा एक कार्यक्रमबीच निफले छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको औपचारिक घोषणा...
बलिउड अभिनेता शाहरुख खानको 'पठान'ले रिलिजको दोस्रो दिन ७० करोड भारु कमाउन सफल भएको छ। हिजो (जनवरी २६) फिल्मले बक्स अफिसमा कमाएको रकम रिलिजको दोस्रो दिन धेरै कमाउने पहिलो बलिउड फिल्म बनेको छ। ...
दक्षिण भारतीय अभिनेता सुधीर वर्माले ३३ वर्षको उमेरमा आत्महत्या गरेका छन् । प्रहरीका अनुसार जनवरी १० मा उनले विष खाएर आत्महत्या गर्ने प्रयास गरेका थिए । स्वास्थ्य बिग्रिएपछि उनी हैदराबादस्थित आफन्तको घरम...
बलिउड अभिनेत्री शिल्पा शेट्टीकी बहिनी तथा अभिनेत्री शमिता शेट्टीको एउटा भिडियो भाइरल भएको छ। जसमा उनी टीभी अभिनेता आमिर अलीसँग देखिएकी छन् । शमिता अभिनेता आशीष चौधरीको विवाहको वार्षिकोत्सवमा पुगेकी थ...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...