३२ असार २०८३, बिहीबार

मतदानपश्चात् राजेश हमालले भने : पाँच वर्षपछि राजनीतिमा आउँछु

मतदानपश्चात् राजेश हमालले भने : पाँच वर्षपछि राजनीतिमा आउँछु

काठमाडौं । अभिनेता राजेश हमालले आफू पाँच वर्षपछि राजनीतिमा आउने सङ्केत गरेका छन् । 

आइतबार काठमाडौं क्षेत्र नं. ५ को लैनचौरस्थित कन्या हाइस्कूल मतदान केन्द्रबाट बिहान ११ बजे मतदान गरेपश्चात् अभिनेता हमालले आफू राजनीतिमा आउने सङ्केत गरेका हुन् । उनले अहिलेको चुनावले नेपाली राजनीतिमा केही न केही नयाँ मार्ग र खाका निर्धारित गर्ने बताए । 

‘विगतमा जति चुनावहरू भए त्यसले त्यतिधेरै परिवर्तनहरू क्रमबद्ध रूपमा ल्याएको हामीले देख्दैनौं, अहिलेको चुनावबाट जुन परिणाम आउँछ, यसले नयाँ मार्ग निर्देशित गर्छ,’ उनले भने, ‘मलाई लाग्छ, त्यसपश्चात् राजनीतिमा चासो राख्ने र समावेश हुन चाहनेहरू धेरै हुनुहुन्छ जस्तो लाग्छ ।’ 

उनले थपे, ‘पाँच वर्षपछि सायद म पनि नेपाली राजनीतिमा आउँछु ।’

salt training

कमेन्ट गर्नुहोस्