
सुनसरी क्षेत्र नं ४ मा मतगणना शुरू भएको छ । इनरुवा– १ स्थित भगवती माविमा जारी मतगणनाको प्रारम्भिक परिणामअनुसार नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीको अग्रता छ ।
यहाँ ३०० मतगणना गर्दा कार्कीले १३७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका जगदीशप्रसाद कुशियैतले ९५ मत प्राप्त गरेका छन् । कार्की सञ्चार तथा सूचना प्रविधिमन्त्री हुन् ।