झापा–३ मा राजेन्द्र लिङ्देनले अग्रता कायम राखेका छन् । राप्रपाका अध्यक्ष समेत रहेका लिङ्देन अहिले २ हजार ५०७ मतसहित अगाडि छन् ।
उनलाई सत्तारूढ गठबन्धनका साझा उम्मेदवार एवं नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले पछ्याइरहेका छन् । तर, उनी निकै पछि छन् । सिटौलाले १ हजार ८६९ मत पाएका छन् ।
लिङ्देन र सिटौलाबीचको मतान्तर ६३८ छ ।