
नेकपा एमालेले ललितपुर क्षेत्र नम्बर २ बाट जीतको खाता खोलेको छ । सोमबार राति सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम अनुसार एमालेका प्रेम बहादुर महर्जन विजयी भएका हुन् । ललितपुर २ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादी पार्टीका कृष्णलाल महर्जन पराजित भएका छन् ।
प्राप्त अन्तिम मतपरिणामअनुसार विजयी भएका महर्जनले १५ हजार २५ मत पाएका छन् भने हाम्रो नेपाली पार्टीका सुदीन शाक्यले ८ हजार ८८६ मत पाएका छन् । यस्तै गठबन्धनका महर्जनले ९ हजार ५३९ मत प्राप्त गरे ।
