२० असार २०८३, शनिबार

म्याग्दीमा कांग्रेसका खमबहादुर गर्बुजाको सुरुआती अग्रता

म्याग्दीमा कांग्रेसका खमबहादुर गर्बुजाको सुरुआती अग्रता

म्याग्दीमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना सुरु भएको छ । बेनीस्थित जिल्ला समन्वय समितिको हलमा केही बेरअघिदेखि गणना सुरु भएको हो ।

मतगणनाको सुरुआती मतगणनामा लोकतान्त्रिक–बाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका खमबहादुर गर्बुजा (खम्बिर)ले अग्रता लिएका छन् । धौलागिरि गाउँपालिका–१ गुर्जाको चार सय आठ मत गणना गर्दा नेपाली कांग्रेसका गर्बुजाले ३ सय ८ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठले ७७ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीले आठ र राप्रपाले तीन मत प्राप्त गरेका छन् ।

जिल्लामा ८६ हजार एक २० मतदाता रहेकोमा ५० हजार छ सय २५ मत खसेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्