२८ जेठ २०८३, बिहीबार
प्रतिनिधिसभा निर्वाचन

काठमाडौं– ४ बाट ह्याट्रिकनजिक गगन थापा

काठमाडौं– ४ बाट ह्याट्रिकनजिक गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापा काठमाडौं– ४ बाट जीतनजिक पुगेका छन् । 

मंगलवार बिहानसम्मको गणनामा गन्न बाँकीभन्दा गगनले पाएको भोट बढी छ ।

गगनले १९ हजार १९ मत पाउँदा एमालेका राजन भट्टराईले १३ हजार ३२ मत पाएका छन् ।

२०७० र २०७४ सालको चुनावमा पनि गगन यही क्षेत्रबाट विजयी भएका थिए भने राजन पराजित भएका थिए ।

काठमाडौं– ४ बाट ह्याट्रिक गरेका गगन थापाले प्रधानमन्त्रीका लागि एटेम्ट गर्ने बताएका छन् । 

आइतवार मतदान गरेलगत्तै गगनले निर्वाचित भएको भोलिपल्टदेखि नै संसदीय दलको नेता बन्न पहल गर्ने बताएका थिए ।

प्रधानमन्त्री बन्नका लागि पहिला राजनीतिक दलको संसदीय दलको नेता बन्न आवश्यक पर्छ ।
 

salt training

कमेन्ट गर्नुहोस्