०४ साउन २०८३, सोमबार

ललितपुर-३ मा तोसिमा १५५९ मतले अगाडि

ललितपुर-३ मा तोसिमा १५५९ मतले अगाडि

ललितपुर क्षेत्र नम्बर-३ को मत गणनाको पछिल्लो अपडेटअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की अग्रस्थानमा छिन् । हालसम्म १५ हजार ४०० मत गणना भइसकेको छ । 

पछिल्लो मत गणनाको परिणामअनुसार डा. तोसिमाले ६ हजार २६९ मत प्राप्त गरी अग्रस्थानमा छिन् । नेकपा एमालेका अमृत खड्का चार हजार ७१० दोस्रो र सत्ता गठबन्धनबाट पम्फा भुसाल दुई हजार ६९४ मतका साथ तेस्रो स्थानमा छिन् । 

ललितपुर क्षेत्र नम्बर ३ को मत गणना जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानभित्र रहेको जिल्ला निर्वाचन कार्यालयमा भइरहेको छ ।

सो क्षेत्रमा रहेका ९४ हजार ११६ मतदातामध्ये ६१ हजार ५७५ मत खसेको थियो । ललितपुर महानगरपालिकाका १, २, ३, ४, ५, १०, १३, १४, १५, १८, २०, २१, २२, २३, २४, २५, २६, २७, २८ र २९ वडा क्षेत्र नम्बर-३ मा पर्छन् । 

salt training

कमेन्ट गर्नुहोस्