२५ जेठ २०८३, सोमबार

सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गराउने सरकारी कर्मचारीसहित ८ जनाविरुद्ध मुद्दा दर्ता

सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गराउने सरकारी कर्मचारीसहित ८ जनाविरुद्ध मुद्दा दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गराएको आरोपमा सरकारी कर्मचारीहरुसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । अख्तियारले मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन उपसचिव परशुराम अधिकारी, मालपोत अधिकृत सीताराम पोखरेल, तत्कालीन नायब सुब्बा ताराप्रसाद जोशी, तत्कालीन नायबसुब्बा प्रसाराम भुसाल तथा स्थानीयवासी भक्तरत्न तुलाधर, शशी तुलाधर, रानु तुलाधर र दिव्यरत्न तुलाधरविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

अख्तियारले काठमाडौं महानगरपालिका साविक वडा नं. ९ को कित्ता नम्बर १३९९ को ९१.३१ वर्गमिटर क्षेत्रफल भएको सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गराएको दाबीसहित विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । 

salt training

कमेन्ट गर्नुहोस्