×

NMB BANK
NIC ASIA

जाजरकोटमा शक्ति बस्नेत र सल्यानमा प्रकाश ज्वालाको अग्रता कायमै

मंसिर ६, २०७९

NTC
Premier Steels

प्रतिनिधिसभातर्फको जारी मतगणनामा जाजरकोट र सल्यानमा सत्तारूढ गठबन्धनका साझा उम्मेदवारहरूले अग्रता कायमै राखेका छन् । 

Muktinath Bank

जाजरकोटमा नेकपा (माओवादी केन्द्र)का शक्ति बस्नेतले नेकपा (एमाले) का निरज आचार्यभन्दा १ हजार ९२३ मतले अग्रता लिइरहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बस्नेतले ५ हजार ३७७ र आचार्यले ३ हजार ४५४ मत प्राप्त गरेका छन् । पूर्व गृहमन्त्री बस्नेत माओवादी केन्द्रका उपमहासचिव र आचार्य एमालेका केन्द्रीय सदस्य हुन् । 


Advertisment
Nabil box
Kumari

आइतबार सम्पन्न मतदानमा जाजरकोटमा प्रतिनिधिसभातर्फ ६५ हजार ९६१ मत खसेको थियो । 

Vianet communication

त्यस्तै, सल्यानमा पनि नेकपा (एकीकृत समाजवादी)का प्रकाश ज्वालाले दोब्बर बढी मतान्तरले अग्रता कायमै राखेका छन् । पछिल्लो परिणामअनुसार ज्वालाले निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाह (पुतली चिन्ह)भन्दा ७ हजार ५५७ मतले अग्रता कामय गरेका हुन् । 

सल्यानमा प्रतिनिधिसभातर्फ ८४ हजार २२ मत खसेको थियो । शाहले टिकट नपाएपछि कांगे्रसबाट गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका हुन् । 

२०७४ मा एमालेबाट कर्णाली प्रदेशसभामा निर्वाचित ज्वाला ३ वर्ष प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री बनेका थिए । 

नेकपा विघटन र माओवादी केन्द्रका नेता एवं तत्कालिन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पार्टी निर्णयविपरित विश्वासको मत दिएपछि उनी लगायत ४ जना सांसद निलम्बित भएका थिए । एमाले विभाजनपछि बनेको दल एकीकृत समाजवादीमा उपमहासचिव छन् । उनकाविरुद्ध एमालेले उम्मेदवारी दिए पनि निकट प्रतिस्पर्धामा आउन सकेका छैनन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x