२९ जेठ २०८३, शुक्रबार

जाजरकोटमा शक्ति बस्नेत र सल्यानमा प्रकाश ज्वालाको अग्रता कायमै

जाजरकोटमा शक्ति बस्नेत र सल्यानमा प्रकाश ज्वालाको अग्रता कायमै

प्रतिनिधिसभातर्फको जारी मतगणनामा जाजरकोट र सल्यानमा सत्तारूढ गठबन्धनका साझा उम्मेदवारहरूले अग्रता कायमै राखेका छन् । 

जाजरकोटमा नेकपा (माओवादी केन्द्र)का शक्ति बस्नेतले नेकपा (एमाले) का निरज आचार्यभन्दा १ हजार ९२३ मतले अग्रता लिइरहेका छन् । 

बस्नेतले ५ हजार ३७७ र आचार्यले ३ हजार ४५४ मत प्राप्त गरेका छन् । पूर्व गृहमन्त्री बस्नेत माओवादी केन्द्रका उपमहासचिव र आचार्य एमालेका केन्द्रीय सदस्य हुन् । 

आइतबार सम्पन्न मतदानमा जाजरकोटमा प्रतिनिधिसभातर्फ ६५ हजार ९६१ मत खसेको थियो । 

त्यस्तै, सल्यानमा पनि नेकपा (एकीकृत समाजवादी)का प्रकाश ज्वालाले दोब्बर बढी मतान्तरले अग्रता कायमै राखेका छन् । पछिल्लो परिणामअनुसार ज्वालाले निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाह (पुतली चिन्ह)भन्दा ७ हजार ५५७ मतले अग्रता कामय गरेका हुन् । 

सल्यानमा प्रतिनिधिसभातर्फ ८४ हजार २२ मत खसेको थियो । शाहले टिकट नपाएपछि कांगे्रसबाट गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका हुन् । 

२०७४ मा एमालेबाट कर्णाली प्रदेशसभामा निर्वाचित ज्वाला ३ वर्ष प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री बनेका थिए । 

नेकपा विघटन र माओवादी केन्द्रका नेता एवं तत्कालिन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पार्टी निर्णयविपरित विश्वासको मत दिएपछि उनी लगायत ४ जना सांसद निलम्बित भएका थिए । एमाले विभाजनपछि बनेको दल एकीकृत समाजवादीमा उपमहासचिव छन् । उनकाविरुद्ध एमालेले उम्मेदवारी दिए पनि निकट प्रतिस्पर्धामा आउन सकेका छैनन् ।

salt training

कमेन्ट गर्नुहोस्